लम्जुङ्ग अमेरिका सेवा समाजको नयाँ कार्यकारी समितिको पद हस्तान्तरण सम्पन्न ,अध्यक्षमा गणेश अधिकारी निर्वाचित
अमेरिकाको मेरिल्याण्ड राज्यमा स्थापित लम्जुङ्ग अमेरिका सेवा समाजको नयाँ कार्यकारी समितिको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । आज भएको कार्यक्रममा पुरानो समितिले नयाँ कार्यकारी समितिलाई विधिवत रुपमा पद हस्तान्तरण गरेका छन् ।
सन् २०१७ मा मात्र स्थापना भएको लम्जुङ्ग अमेरिका सेवा समाज छोटो समयमा आफ्नो जिल्ला ,गाउँको साथै आपत बिपतमा मातृभूमिको लागि सहयोग गर्दै आएको छ ।
नयाँ कार्यकारी समितिको चयन भएको छ भने अध्यक्षमा गणेश अधिकारी निर्वाचित भएका छन् । नयाँ कार्यकारी समितिमा क्रमस अध्यक्षमा गणेश अधिकारी,उपाध्यक्षहरुमा कुम गुरुङ तथा राजेन्द्र थापा निर्वाचित भएका छन् । यसै गरि सचिवमा प्रेम कमली तथा कोषाध्यक्षमा अर्जुन सुयल निर्वाचित भएका छन् । संयोजकमा सागर खड्का कुवर रहेका छन् ।
नयाँ कार्यकारी समिति सदस्यहरुमा क्रमस अप्सरा थापा कुवर ,सुनिता कुवर ,राज कुमार गैरे ,प्रेम घिमिरे,विजय अधिकारी,ओम गुरुङ ,दिपक थापा मगर ,हेमनाथ घिमिरे ,अनु पराजुली तथा मामता थापा निर्वाचित भएका छन् ।
यसैगरी जुलाई ३१ ,२०२२ मा गणेश अधिकारीको अध्यक्षता बसेको बैठकले प्रभु थापा ,सुबोध विलास पन्त,शशि थापा ,इश्वरी दवाडी ,मन कुमार श्रेष्ठ,राजु पराजुली ,लोकन्द्र अधिकारी तथा सुरेश कोइरालालाई सल्लाहकारमा नियुक्त गरेको छ ।
आज भएको पद हस्तान्तरण कार्यक्रमको अध्यक्षता शशि थापाले गरेका थिए भने प्रमुख अतिथि महाबाणिज्य दूत प्रेम राजा महत रहेका थिए ।
यसै गरि बिशेष अतिथिहरुमा बानाका ट्रस्टी (गुठी )प्रभु थापा ,बानाका अध्यक्ष सुबोध पन्त ,साथी बाल्टिमोरका संस्थापक रमेश भट्ट नेपाली छोरो ,गोर्खा समाजका अध्यक्ष अपार श्रेष्ठ लगायत रहेका थिए ।
कार्यकममा नेपाली तथा अमेरिकी राष्ट्रगान बजाईएको थियो | उक्त कार्यक्रममा समाजलाई महत्वपूर्ण योगदान दिनुभएकोमा समाजका वरिष्ठ सल्लाहकार प्रभुराम थापा , वानाका अध्यक्ष सुवोध विलास पन्त र पत्रकार तथा शितलपाटी अनलाईनका प्रमुख सुरेश कोईराला लाई विशेष सम्मान पनि गरिएको थियो ।
प्रमुख अतिथि महाबाणिज्य दूत प्रेम राजा मह,बिशेष अतिथिहरुमा बानाका ट्रस्टी (गुठी )प्रभु थापा ,बानाका अध्यक्ष सुबोध पन्त ,साथी बाल्टिमोरका संस्थापक रमेश भट्ट नेपाली छोरो ,गोर्खा समाजका अध्यक्ष अपार श्रेष्ठ ,लगायतले शुभकामना दिएका थिए ।
संस्थापक अध्यक्ष समेत रहेका कार्यक्रमको अध्यक्षता गरेका शशि थापाले धन्यबाद ज्ञापन गरेका थिए भने कार्यक्रम संचालन मनोज रेग्मीले गरेका थिए ।
अमेरिकाको बाल्टिमोर र न्यूयोर्कमा ‘को–हजबेण्ड’
अमेरिकाको न्युयोर्कमा २८ औं अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस भब्यताका साथ मनाइयो
मेरिल्याण्डको एक बिद्यालयमा बमको धम्कि दिने किशोर पक्राउ
क्यालिफोर्नियाको मध्य आकाशमा २ वटा विमान ठोक्किँदा ३ जनाको मृत्यु
अमेरिकाको मिजौरीको एक घरमा इन्धन विष्फोटमा बाबुको ज्यान गए पछि ३ वर्षीया बालिकाको पनि मृत्यु
प्रतिक्रिया