टेक्सस ह्युस्टनका तीन प्रहरी अधिकारीहरू माथि गोली प्रहार,संदिग्ध फरार
इनेप्लिज
२०७८ माघ १३ गते २३:०२ मा प्रकाशित
जनवरी २७ । अमेरिकाको टेक्सस राज्यको ह्युस्टन शहरका तीन प्रहरी अधिकारीहरू माथि गोली प्रहार गरिएको छ । गोली प्रहार गर्ने संदिग्ध फरार रहेको प्रहरी विभागले जनाएको छ ।
“संदिग्ध सेतो मर्सिडीजमा घटनास्थलबाट भागेको र अहिले खोजी भइरहेको छ,” प्रहरीले सामाजिक संजाल ट्वीट मार्फत जानकारी दिएका छन् ।
प्रहरी अधिकारीहरूलाई अस्पताल लगियो, ट्वीटमा भनिएको छ। गोलाबारी मिडटाउन(मध्यशहर)को २१०० भवन समूहको म्याकगोवेन स्ट्रिट (मार्ग)मा बिहिबारका दिन भएको हो । उक्त घटना दुई स्थानमा भएको जनाइएको हो भने अस्पताल लगिएका प्रहरीहरुको अवस्था स्थिर रहेको समाचार एबिसीन्युजले समाचार लेखेको छ ।
युएस-नेपाल पोलिसी रिसर्च सेन्टरको सातौं वार्षिक सम्मेलन सम्पन्न
अमेरिकामा केटी बनेर केटालाई नग्न तस्बिरहरु आदान-प्रदान गर्न बाध्य बनाए पछि १७ बर्षिय केटाद्वारा आत्महत्या
न्यूयोर्कमा नेपाल झल्काउने ‘नेपाल डे’ परेड
शिकागो म्याकडोनाल्ड्स बाहिर क्रूर हिंसामा ९ जनालाई गोली प्रहार ,२ जनाको मृत्यु
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
प्रतिक्रिया