आइतबार, मंसिर १९ २०७८
काठमाडौं २१:०२
वासिङटन डिसी 10:17

बाइडेनले धन्यबाद दिवस अगाडी दुई पातालमयुर(टर्की)लाई दिए क्षमादान

इनेप्लिज २०७८ मंसिर ४ गते ३:१९ मा प्रकाशित

 

अमेरिकी राष्ट्रपति जो बाइडेनले आउदै गरेको धन्यबाद दिवस (थ्यांक्सगिभिङ्ग )अगाडी दुई पातालमयुरलाई क्षमादान दिएका छन् । बाइडेनको पहिलो बर्षको राष्ट्रपति कार्यकालमा पिनट बटर र जेली नामकरण गरिएका टर्की(अमेरिकामा पाइने कालेज भन्दा ठूलो पंक्षी )लाई माफी दिएका छन् ।

ह्वाइट हाउसको रोज गार्डेन(बगैचा)मा ठट्टा गर्दै उक्त समारोहमा दुई पक्षीहरूलाई माफी दिए ।

“अन्ततः, पिनट बटर र जेली तिनीहरूको स्वभाव, आकारको आधारमा छनोट गरियो तर मलाई खोप लगाएका छन् की छैनन् भन्ने शंका छ ,” राष्ट्रपतिले ठट्टा गरे।

बाइडेनले भने ,पीनट बटर र जेली “दुईवटा नामहरू थिए जसमा म ज्यादा सहमत हुन सक्दिन,” उनले थपे, “मैले तिमिहरुलाई स्वीकार गर्नुपर्दछ, मेरी श्रीमतीले मलाई यो स्वीकार गर्न मन पराउदिनन । मलाई दिवा भोजनको लागि मनपर्छ।”

हामीलाई सम्झाउनको लागि यस्तो परम्पराहरू जारी राख्नु महत्त्वपूर्ण हुन्छ, राष्ट्रपतिले भने।

हामी मध्ये धेरैजना हाम्रा प्रियजनहरूसँग लामो समयदेखि पहिलो पटक भेला हुनेछौं। र हामी परम्पराहरूसँग पुन: जोडिने छौं, हाम्रा टेबलहरू र हाम्रो हृदयले यो सम्भव गराउने सबैको लागि लागि कृपा र कृतज्ञताले भरिएको छ ,उनले थपे ।

प्रतिक्रिया