बुधबार, असार ९ २०७८
काठमाडौं २३:५४
वासिङटन डिसी 14:09

नर्थ क्यारोलाइनामा निधन भएका भरतराज ओलीको गो फण्डमा २४ घण्टामै ४२ हजार डलर सङ्कलन ,सहयोगी मनलाई सलाम

इनेप्लिज २०७८ जेठ २५ गते २२:४० मा प्रकाशित

गत जुन ६ आइतबारका दिन अमेरिकाको नर्थ क्यारोलाइनामा मस्तिकघातबाट निधन भएका भरतराज ओलीको लागि दाह संस्कार र आकस्मिक खर्च उठाउन भनि खोलीएको खातामा २४ घण्टामै ४२ हजार डलर संकलन भएको छ ।

अमेरिकी पूर्वीय समय अनुसार जुन ८ ,साँझ ६:३० सम्मको समय ४२,७००.०० (बयालीस हजार सात सय डलर ) खातामा जम्मा भएको छ । खाता नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाको तर्फबाट ईश्वर देवकोटाले गो फन्ड मी खाता खोलेका हुन् ।

देवकोटा नै गो फण्डमा सबै भन्दा पहिला रकम दिएका हुन् भने अहिले सम्म उनले दिएको २,२०० (दुई हजार दुई सय डलर ) सर्वाधिक ज्यादा रकम हो । स्व ओलीको अल्पायु मै दुखद निधन भए पछि नेपाली समुदायले हृदय खोलेर सहयोग गरि रहेका छन् ।

खाता खोल्दा केवल लक्ष्य २५ हजार डलरको राखिएको थियो भने अहिले त्यसलाई बढाएर ५० हजार डलर लक्ष्य गरिएको छ । त्यो लक्ष्य पुग्ने देखिएको छ ।

गत जुन ४ का दिन मस्तिकघात भए पछि उनलाई ड्युक बिश्वबिद्यालय अस्पतालमा भर्ना गरिएको थियो । ३४ वर्षिय ओलीलाई बचाउन शल्य क्रिया गरेता पनि उपचारकै क्रममा उनको गत जुन ६ आइतबारका दिन निधन भएको हो ।

उत्तर क्यारोलाइनाका चर्चित सामुदायिक सँस्था नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाको पहलमा गो फण्ड संचालनमा छ ।

नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाले जनाए अनुसार स्व ओलीको लागि संचालित गो फण्डमा समेतमा उनको बारेमा संक्षिप्त जानकारी दिएको छ । उक्त गो फण्ड मी मा जानकारी गराईए अनुसार उनि सब २०१० मा विविधता प्रवेशाज्ञा चिट्ठा (इडिभी भिसा) मार्फत अमेरिका आएका थिए ।

उनि दाङ्गका हुन् भने हाल नेपालमा उनको आमा, पत्नी २ वर्षका छोरा र दुई दिदि बहिनी रहेका छन् । नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाका अनुसार ओली घर परिवारमा आय आर्जन गर्ने एक मात्र सदस्य थिए ।

आयोजक संस्थाले मृतक ओलीको दाह संस्कार तथा नेपालमा रहेका परिवारका लागी सहयोग गर्न सेन्टरले गोफन्ड मि आह्वान गरेको छ ।

सहयोग गर्न यहाँ थिच्नु होला :

https://gofund.me/a5be24dc

 

प्रतिक्रिया