ट्रम्पको भनाई: “मैले कुनै सम्झौता गरेर समर्थन लिएको होइन”

इनेप्लिज २०८२ असार १९ गते २२:०९ मा प्रकाशित

अमेरिकाको आयोवा राज्य जाने क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिनिधिसभामा आफ्नो बिशाल सुन्दर विधेयक पारित गराउन कुनै सम्झौता नगरेको बताए । उनले सांसदहरूसँग केवल विधेयकको फाइदा बारे कुराकानी मात्र गरेको जनाए ।

मैले कुनै सम्झौता गरेको छैन। हामीले विधेयक राम्रो छ भन्ने कुरा गर्‍यौं। त्यो नै सम्झौता जस्तै होला। उनले राष्ट्रपतिको बिशेष बिमान एअर फोर्स वन चढ्नु अघि उक्त कुरा बताएका हुन् ।

त्यस्तै प्रतिनिधिसभाका सभामुख माइक जोनसनको भनाई अनुसार राष्ट्रपति ट्रम्पले धेरै रिपब्लिकन सांसदहरूसँग कुरा गरेर उनीहरूलाई समर्थन दिन मनाएका थिए । तर ट्रम्प र जोनसन दुवैले केही सांसदहरूले भनेको जस्तो “सम्झौता गरेर समर्थन जुटाएको” कुरा अस्वीकार गरेका छन्।

ट्रम्पले अगाडी भने , “उनीहरूलाई ‘हुन्छ ‘ भन्न सजिलो भयो।”

तर अर्कोतर्फ, सांसद एन्डी ह्यारिसले भने आफूले बजेट घाटाको चिन्ता उठाएपछि सरकारबाट केही सहमति पाएको बताएका छन्।

प्रतिक्रिया