आइतबार, असार ६ २०७८
काठमाडौं ०७:४२
वासिङटन डिसी 21:57

ओबामालाई अन्तर्वार्ता लिने बाल पत्रकारको निधन

इनेप्लिज २०७८ जेठ २ गते १:०८ मा प्रकाशित

अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामालाई अन्तर्वार्ता लिएका र तत्कालिन समयमा चर्चामा आएका बाल पत्रकारताको निधन भएको छ । उनले ओबामालाई व्हाइट हाउसमा अन्तर्वार्ता लिएका थिए । उनको २३ बर्षको उमेरमा निधन भएको छ ।

उनका परिवारका अनुसार प्राकृतिक कारणले भएको जनाएका छन् । गत मे १ का दिन बाल पत्रकार डेमोन वेभरको निधन भएको उनकी दिदीले पाम बीच पोष्टलाई जानकारी दिएकी छिन् ।

अन्य थप जानकारी सार्वजनिक गरिएको छैन । उनि जर्जियाको अल्बानी स्टेट युनिभर्सिटी(राज्य बिश्वबिद्यालय)मा संचार बिषयमा अध्ययरत थिए । ११ बर्षको उमेरमा उनले  अगस्त २००९ का दिन ओबामासंग १० मिनेट अन्तर्वार्ता लिएका थिए ।

उनले उक्त समयमा मुख्य रुपमा शिक्षा सम्बन्धिको सेरोफेरोमा प्रश्न गरेको समाचार याहु डटकमले लेखेको छ ।

प्रतिक्रिया