आइतबार, चैत २९ २०७७
काठमाडौं २२:१९
वासिङटन डिसी 12:34

क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु

इनेप्लिज २०७७ फागुन १८ गते १८:५० मा प्रकाशित

क्यालिफोर्निया गाडीहरु एक आपसमा ठोकिदा १५ जनाको मृत्यु भएकौ छ ।

दक्षिणी क्यालिफोर्नियामा एसयुभि जातको गाडी र अर्ध माल वाहक एक आपसमा जुधे पछि कूल १५ जनाको ज्यान गएको हो ।

एल सेन्ट्रो क्षेत्रिय अस्पतालका अधिकारीका अनुसार उक्त गाडीमा २७ जना सवारी रहेको बताएका छन।

घटनास्थलमा १४ जनाको मृत्यु भएको थियो भने अस्पतालमा १ जनाको मृत्यु भएको हो ।

७ जनालाई अस्पताल भर्ना गरिएको छ । उक्त दुर्घटना हल्टभिलमा मेक्सिकोको सीमामा भएको हो ।

श्रोत: सिबिसी न्यूज

प्रतिक्रिया