शनिबार, फागुन १५ २०७७
काठमाडौं १२:३३
वासिङटन डिसी 01:48

कमला ह्यारिसले कोभिड-१९ बिरुद्ध दोश्रो खुराक खोप लगाईन

इनेप्लिज २०७७ माघ १३ गते २३:१८ मा प्रकाशित

उपराष्ट्रपति कमला ह्यारिसले कोभिड-१९ बिरुद्ध मोडर्नाको खोप सार्वजनिक रुपमा लगाएकी छिन । उनले मंगलबार जनवरी २६ का दिन सार्वजनिक रुपमा आफ्नी आमाले काम गर्ने स्थान नेसनल इन्सटिट्युट अफ हेल्थ नामक भवनमा आज दिउसो खोप लगाइन ।

उनले पहिलो खोप पौष १४ का दिन लगाएकी छिन् भने आज माघ १४ कै दिन दोश्रो खुराक(डोज)लगाइन ।

उनले वाशिंगटन नजिक रहेको भवनमा उक्त खोप लगाएकी हुन् । म प्रशासनमा भएको केवल पाँचौं दिनमा यहा आएको छु भन्दै आफू युवा अवस्थामा यो ठाउँमा मेरी आमा काम गर्नु हुन्थ्यो भन्दै स्मरण गरिन ।

ह्यारिसकी आमा श्यामला गोपालन स्तन क्यान्सर(अबुर्द रोग )अनुसन्धानकर्ता थिइन जसले “आफ्नो जीवनको दुई लक्ष्यहरू राखेकी थिइन् ” उपराष्ट्रपतिले भनिन “आफ्ना दुई छोरीलाई हुर्काउने र स्तनको क्यान्सर अन्त्य गर्ने । उनले मेरो आमा काम गर्ने अनुसन्धान केन्द्रमा मेरो पहिलो काम पातलो नली (पाइपेट)हरू सफा गर्नु रहेको थियो । ” भनिन ।

गोपालन, जसले आफ्नी छोरीहरुलाई एकल आमाको रूपमा हुर्काइन्, जसको सन् २००९ मा उनको मृत्यु भएको थियो । उनले ईतिहास रच्दै प्रथम अस्वेत ,प्रथम दक्षिण एसियाली र प्रथम महिला उपराष्ट्रपति बने पछि ह्यारिसले भनिन्, “मलाई थाहा छ कि उसले मलाई माथिबाट आमा हेरी रहेकी छिन।”

उनले नेसनल इन्सटिट्युट अफ हेल्थ बारेमा बोल्दै भनिन “यहाँ कामको एक लक्ष्य भनेको सार्वजनिक स्वास्थ्य सुधार गर्नु हो । यो जनताको हो। र त्यसैले म यहाँ काम गर्ने सबैलाई भन्न चाहन्छु।” “मलाई थाहा छ तिमी को हौ। मलाई थाहा छ तिमी के गर्छौ”, उनले निरन्तर कुरा जारी राखिन ।

उनले खोप लगाई सके पछि यो खोप वास्तवमा धेरै पीडाविहीन छ र सबैलाई जब तपाईंको पालो आउछ खोप लिनु होस् भनिन ।

“यसले तपाईको जीवन बचाउनेछ। उनले यो महान् र महत्त्वपूर्ण काम गरिरहेका सबैलाई धन्यबाद दिईन ।

श्रोत : सिएनएन

प्रतिक्रिया