आइतबार, असोज ११ २०७७
काठमाडौं २१:५४
वासिङटन डिसी 12:09

भर्जिनियाको फल्सचर्च एक रात्री क्लब(अड्डा)मा गोली चल्दा एकको मृत्यु

इनेप्लिज २०७७ भदौ २६ गते ११:०२ मा प्रकाशित

भर्जिनिया राज्यको फल्सचर्च शहर स्थित एक एक रात्री क्लब(अड्डा)मा गोली चल्दा एकको मृत्यु भएको छ । शुक्रबार बिहान १२:०५ मिनेटको समयमा उक्त घटना घटेको हो ।

प्रहरीका अनुसार उक्त गोलीकाण्ड विल्सन ब्लुभर्डको इडेन सेन्टर स्थित दिभा लन्ज (मदिरा गृह)मा भएको जनाएका छन । पीडित गोलीको चोटपटकको कारण मृत अवस्थामा प्रहरीले फेला पारेका थिए ।

प्रत्यक्षदर्शीका अनुसार गोली चलाउने व्यक्ति करिव ३० बर्ष उमेरको स्पानिस पुरुष भएको प्रहरीलाई बताएका छन । गोली हाने पछि उनि फरार रहेका छन् ।

प्रहरीका अनुसार उक्त संदिग्ध र गोली चलाउने व्यक्तिको हुलिया कालो कपाल भएको कालो ,अर्ध कट्टु र निलो कमिज लगाएको बताएका छन् । र प्रहरीले व्यापक खोज तलास गरि रहेको छ ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया