बुधबार, साउन २८ २०७७
काठमाडौं १९:०७
वासिङटन डिसी 09:22

राजदुत डा. अर्जुन कार्कीद्वारा गीतकार कमला न्यौपानेको गीति एल्वम ‘तरंग’को लोकार्पण

इनेप्लिज २०७७ असार २८ गते २१:०८ मा प्रकाशित

अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्कीले गीतकार कमला न्यौपानेको गीति एल्बम तरंग (द वेभ)को आज लोकार्पण गर्नुभएको छ । कोरोनाको कारण सोसियल डिस्टेन्सिङ कायम राख्नका लागि लोकार्पण कार्यक्रम भर्चुअल माध्यमवाट भएको थियो ।

तरंगको लोकार्पण पश्चात डा. केशव भट्टराई, लेखिका निलम कार्की निहारिका, बरिष्ठ संगीतकार आलोक श्री , संगीतकार अम्बर तंबापो सुब्बा , रीमा श्रेष्ठ र कुशल गुरुंगले गीति एल्बम राम्रो बनेको प्रतिक्रिया दिदै सुभकामना व्यक्त गर्नु भएको थियो।

डा. प्रकाश न्यौपानेको सभापतित्वमा आयोजित उक्त कार्यक्रमलाई स्विटी पौडेलले स्वागत गर्नु भएको थियो भने कार्यक्रम संचालन पूर्ण बिस्वले गर्नु भएको थियो।

कार्यक्रमलाई हिमालय रेडियोले लाइभ प्रशारण गरेको थियो भने कार्यक्रममा थुप्रै गायक गायिका , संगीतकारहरु , साहित्यकारहरु, अरेंजरहरु, डाइरेक्ट , मोडलहरुको उपस्थिति थियो।

नेपाली गीत संगीत क्षेत्रमा उदाउंदै गरेकी गीतकार कमला न्यौपाने पेशाले नर्स हुनुहुन्छ। बिगत २० वर्ष देखी अमेरीकामा बस्दै आउनु भएको गीतकार कमला न्यौपानेले नेपाली साहित्यतर्फ गीत, कबिता, मुक्तक र गजल लेख्न मन पराउंनु हुन्छ।

गीतकार न्यौपानेले तरंग एल्वम मानिसका जीवनमा आइपर्ने सुख दुख, आरोह अबरोह, हांसो, रोधन ,सुख, दुख मिलन, बिछोड, प्रेम, त्यागको संगम भएको वताउनुभयो ।  गीतकारले यस एल्बम तरंग मार्फत आफ्नो देश प्रेम प्रतीको तरंग, प्रेम र त्याग बिचको तरंग, कला सस्कृति भित्रको तरंग र जीवन साथी र घर परिवार प्रतीको समर्पित तरंग प्रस्तुत गर्न खोज्नु भएको छ। यस तरंग एल्बममा  चर्चित गीतकार तथा संगीतकार येदीन गजमेरज्यूले एकल संगीत दिनु भएको छ।

डा.प्रकाश न्यौपानेको निर्माणमा रहेको एल्बम तरंगमा ख्याति प्राप्त राष्ट्रिय गायक गायिकाहरूले आफ्नो स्वर दिनु भएको छ। राम कृष्ण ढकाल (मेरो झण्डा), स्वरूप राज आचार्य (धुवा धुवा), मेलीना राई र अनुप रेग्मी (होली रंग), बानीका प्रधान (सुनौलो बिहानी) कर्ण बीर (रिमा रिमा), अनुप रेग्मी र मिलन नेवार (एक कदम) शीर्षकका गीतहरु गाउनु भएको छ ।

गीतकार कमला न्यौपानेको पहिलो सांगितीक कोसेली तरंगका गीतहरु युटुबमा सुन्न सकिने छ।

 

प्रतिक्रिया