बिहीबार, असार २५ २०७७
काठमाडौं १७:३७
वासिङटन डिसी 07:52

मेरिल्याण्डमा १७ बर्षिय युवती मृत अवस्थामा फेला

इनेप्लिज २०७७ असार १५ गते १०:५५ मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा १७ बर्षिय युवती मृत अवस्थामा फेला परेकी छिन । प्रहरीका अनुसार गत शनिबार जुन २७ का दिन मेरिल्याण्ड राज्यको ह्यागर्सटाउन भन्ने शहरमा मृत अवस्थामा फेला परेको जनाएका छन् ।

प्रहरीले उक्त घटना हत्या भएको बताएका छन् । फ्रेडेरिक काउन्टी प्रहरी कार्यालयले गत आइतबार जुन २८ का दिन एक बिज्ञप्ति जारी गरि कसैले उक्त क्षेत्रमा हिड्दै गर्दा ५ पजे पछि खबर गरेको जनाएका छन ।

फ्रेडेरिकको ब्रियाग्रुभ कोर्ट क्षेत्रमा घटना घटेको हो भने प्रहरीले उनको पहिचान गरि सकेको छ । उनि ह्यागर्सटाउन शहरबाट आउने गरेको र उनको नाम टाईकेरिया डाउसन नामक युवती रहेको पहिचान भएको छ ।

उनको बारेमा कसैलाई जानकारी भए खबर गर्न या खबर छोड्न समेत प्रहरीले आग्रह गरेका छन् । उक्त मृत युवतीले ह्यागर्सटाउनको एन्टीएटम एकाडेमीबाट ग्राजुएसन(दिक्षा)प्राप्त गरेकी थिइन् ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया