बुधबार, जेठ १४ २०७७
काठमाडौं १२:१९
वासिङटन डिसी 02:34

१०० बर्षिय दोश्रो बिश्व युद्धका सेवानिवृत्त सैनिक कोरोना भाइरसलाई परास्त गर्दै अस्पताल मुक्त

इनेप्लिज २०७७ जेठ ८ गते २१:५८ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यमा बस्दै आएका एक सय बर्षिय दोश्रो बिश्व युद्धका सेवानिवृत्त सैनिक कोरोना भाइरसलाई परास्त गर्दै अस्पताल मुक्त भएका छन् । उनले कोभिड-१९ लाई हराए पछि स्वास्थ्यकर्मीहरुमा खुशियाली छाएको छ ।

अस्पताल भित्र देखि नै उनलाई भब्य सम्मान साथ अस्पताल बाहिर कर्तल ध्वनि साथ बाहिर परिवारलाई बुझाइएको छ ।

कोरोना भाइरस संग संघर्ष गर्दै ५८ दिन सम्म युद्ध गर्दै आखिर दोश्रो बिश्व युद्धमा समेत बाचेका सेवानिवृत्त सैनिकले नव जीवन पाएका छन् । र अस्पतालले कोरोना भाइरस मुक्त भनि घोषणा गरेको छ ।

लोयड फल्क नाम गरेका दोश्रो बिश्व युद्धका सिपाही भर्जिनियाको राजधानी स्थित हेनरीको चिकित्सक अस्पताल (हेनरीको डकटर्स हस्पिटल)मा गत मार्च २४ मा भर्ना भएका थिए ।

उनि उक्त अस्पतालमा कोरोना भाइरसको उपचार गराउने मध्ये प्रथम बिरामी थिए । कोरोना सँग संघर्ष गर्दै आफू बाचे पनि पत्नी गुमाएका थिए ।

श्रोत :फक्सन्युज ५

प्रतिक्रिया