सोमबार, चैत १७ २०७६
काठमाडौं ००:४४
वासिङटन डिसी 14:59

एरिजोनामा कोरोनाभाइरसलाई रोकथाम गर्न आफै क्लोरोक्विन नामक औषधि खाँदा मानिसको मृत्यु

चिकित्सकलाई नसोधी सेवन गर्दा ज्यान गयो

इनेप्लिज २०७६ चैत ११ गते ११:०७ मा प्रकाशित

अमेरिकाको एरिजोनामा कोरोनाभाइरसलाई रोकथाम गर्न चिकित्सकलाई नसोधि आफै क्लोरोक्विन नामक ओखति खाँदा मानिसको मृत्यु भएको छ ।

क्लोरोक्विन फोस्फेट सेवन गरे पछि उक्त व्यक्तिको निधन भएको हो । यसले यो कोरोनाभाइरसबाट संक्रमित हुनबाट बचाउनेछ भन्ने विश्वास राख्दै खाँदा मृतककी श्रीमतीले बताएकी छिन् । उनले पनि उक्त औषधि सेवन गरेकी छिन् र अस्पताल भर्ना गरिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा कोरोना भाइरस सम्बन्धि दैनिक जानकारी दिने उद्धेश्यले गरेको पत्रकार सम्मेलनमा उक्त ओखतिले फाइदा गर्ने भनेको सुने पछि आफै ओखति लिदा उनको पतिको ज्यान गएको हो ।

यद्यपि, विषाक्त पदार्थ जोडीले सेवन गरेको क्लोरोक्विन नामक औषधीको रूप भने थिएन, जो हाइड्रोक्सीक्लोरोक्विकोरूप थियो तर क्लोरोक्वाइन नै थियो । दुवै जोडी करिव ६० बर्षका रहेका र भाइरसको जटिलताको उच्च जोखिम हुने हुन्छ । उनीहरुले उक्त ओखति थोरै मात्रामा तरल संग मिश्रित गरि सेवन गरेका थिए ।

पत्नीका अनुसार औषधि सेवन गरेको केहि मिनेटमै बिरामी भयौ र उनको पति अस्पतालमा आएको केही क्षणमै मृत्यु भएको एनबिसीलाई बताएकी छिन् ।

श्रोत :एनबिसी वाशिंगटन डटकम

प्रतिक्रिया