बुधबार, फागुन ७ २०७६
काठमाडौं ०६:२४
वासिङटन डिसी 19:39

डिसी क्षेत्रमा एन्फाका पूर्व अध्यक्ष थापासँग खेलाडीहरुले अन्तरक्रिया गर्ने

विजय थापा २०७६ माघ ११ गते ०:५० मा प्रकाशित

डिसी । डिसी महानगर क्षेत्रमा अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष तथा एसियाली फुटबल महासंघका पूर्व उपाध्यक्ष गणेश थापा संग भकुण्डो(सकर)तथा अन्य खेलका खेलाडीहरुले अन्तरक्रिया गर्ने भएका छन् ।

अमेरिकाको डिसी महानगर क्षेत्रमा आएको अवसरमा भकुण्डो खेलका दिग्गज तथा पूर्व राष्ट्रिय भकुण्डो टोली प्रमुख समेत रहेका चर्चित खेलाडी थापा संग यस क्षेत्रमा रहेका भकुण्डो तथा अन्य खेलाडीहरुसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम हुने भएकोले यस क्षेत्रका नेपाली समुदायलाई उक्त कार्यक्रममा सहभागी हुन् अनुरोध गरिएको छ ।

यस कार्यक्रमलाई समन्वय गरि रहेका भर्जिनियाका पूर्व राष्ट्रिय उशु खेलाडी तथा प्रशिक्षक चन्द्र लामाले डिसी क्षेत्रका नेपाली समुदाय र बाल्टिमोर क्षेत्रका नेपाली समुदायका खेलाडी बीच हुने मैत्रीपूर्ण खेल आयोजना समेत गरिने ईनेप्लिजलाई जानकारी दिएका छन् । मैत्रीपूर्ण खेलमा (एन्फा)का पूर्व अध्यक्ष सहभागी हुने छैनन् ।

भारतको चर्चित र प्रसिद्ध इष्ट बङ्गाल भकुण्डो टोलीबाट समेत व्यावसायिक खेलाडी रहेका एन्फाका पूर्व अध्यक्ष थापाले अमेरिकामा जन्मेका र दोश्रो पुस्ताका खेलाडीहरुसंग भेट हुने र उनीहरुसंग अन्तरक्रिया हुने भएकोमा हर्ष व्यक्त गरेका छन् ।

उक्त कार्यक्रमको लागि नेपाललाई खेलको माध्यमबाट बिश्वलाई चिनाउने र खेलमा योगदान गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु पनि एन्फाका पूर्व अध्यक्ष थापा संग भेट गर्न डिसी क्षेत्रमा आउने भएका छन् ।

कार्यक्रमका लागि ओलम्पिकमा कास्य पदक जित्ने तेक्वान्दो खेलाडी बिधान लामा ,ओलम्पियन नारायण गुरुङ ,भकुण्डो खेलका गोल किपर (भकुण्डो रक्षक)बिनोद खरेल ,प्रसिद्ध राष्ट्रिय भकुण्डो टोलीका प्रसिद्ध खेलाडी उमेश प्रधान ,मनोज श्रेष्ठ (मुडकी,बक्सिङ्ग ) प्रकाश ठकुरी (ह्यान्ड बल )हाते भकुण्डोका प्रमुख प्रशिक्षक ,मिचिगनबाट तेक्वान्दो अन्तर्राष्ट्रिय खेलाडी बिपिन श्रेष्ठ ,भलिवलका पूर्व राष्ट्रिय खेलाडी तथा टोली प्रमुख सुनिल चौधरी र टेक्ससबाट एन्फा खेलाडी प्रलय राजभण्डारी लगायत अन्य खेलाडीहरु समेतको सहभागिता हुने भएको छ ।

कार्यक्रम आगामी फेब्रुअरी १ ,शनिबारका दिन हुने छ । मैत्रीपूर्ण भकुण्डो खेल सोही दिन बिहान ११ बजे भर्जिनियाको फेयर फ्याक्समा हुने भएको छ ।

भर्जिनियाको फेयर फ्याक्स काउन्टीको ब्राडक रोड स्थित मट कम्युनिटी सेन्टर((सामुदायिक केन्द्र) मा अन्तरक्रिया कार्यक्रम हुने छ । मैत्रीपूर्ण खेल ११ देखि १२:३० बजे सम्म चल्ने छ भने १ बजे अन्तरक्रिया कार्यक्रम हुने छ । समन्वय गरि रहेका चन्द्र लामाले सबै नेपाली समुदायलाई उक्त समयमा भेला हुन् ईनेप्लिज मार्फत समेत आग्रह गरेका छन् ।

एन्फा अध्यक्ष थापा अन्तरक्रिया कार्यक्रममा मात्र सहभागी हुने छन् ।

कार्यक्रम स्थल :

कहाँ ;

Mott Community Center

12111 Braddock Rd, Fairfax, VA 22030

कहिले : february 1 ,2020
समय : 11 am

प्रतिक्रिया