बिहीबार, माघ ९ २०७६
काठमाडौं १४:४०
वासिङटन डिसी 03:55

मेरिल्याण्डमा ‘गितान्जय ढकाल ‘ नामक युवाको निधन ,प्रहरीद्वारा आफन्तको खोजी

बिधानसभा सदस्य ह्यारी भण्डारीको कार्यालयसंग प्रिन्स जर्ज काउन्टीका जासुस शाखा बीच सम्पर्क भै रहेको

इनेप्लिज २०७६ पुष २६ गते ०:४७ मा प्रकाशित

 

विजय थापा ,डिसी । अमेरिकाको मेरिल्याण्डमा गितान्जय ढकाल नाम भएको नेपाली युवाको निधन भएको दुखद समाचार प्राप्त भएको छ । श्रोतका अनुसार गत जनवरी १० का दिन उक्त घटना भएको बुझिएको छ ।

अन्दाजी करिव २८-३० बर्ष उमेरका स्व गितान्जय ढकाल मेरिल्याण्ड निवासी हुन् । यस बिषयमा मेरिल्याण्ड राज्यको प्रिन्स जर्ज काउन्टीका प्रहरीले अनुसन्धान गरि रहेको छ । यसको लागि प्रिन्स जर्ज काउन्टीका प्रहरीका अनुसार जासुस शेफर्डले उनको यो मुद्धा हेरी रहेको जानकारी प्राप्त भएको छ ।

प्रहरीले उनका आफन्तलाई खोज तलास गर्ने काम प्रहरीले गरि रहेको बुझिएको छ भने उनको मृत शरीरलाई बाल्टिमोरमा राखिएको समेत जानकारी प्रिन्स जर्ज काउन्टीका प्रहरीले दिएका छन् । आफ्ना परिवार बाहेक अन्य कसैलाई पनि यस बारेमा जानकारी दिने नमिल्ने प्रहरीले बताएका छन् ।

सामाजिक संजाल फेसबुकमा (अनुहार किताब)उनको खाता गीतन उप्रेती रहेको छ । यस बारेमा बिस्तृत जानकारी लिन जासुस (डिटेकटिभ) शेफर्ड संग सम्पर्क गर्न सकिने छ ।

मृतकका आफन्त ,साथीभाई ,इष्टमित्र ,छरछिमेकि तथा जो सुकैले पनि उनका परिवार सम्म पुर्याउन पिजीपिडी/सिआईडी – ३०१ -७७२-४९२५(301- 772 -4925 ) अथवा मा सम्पर्क गर्न सकिने छ ।

उनको कसरी निधन भएको हो भन्ने बारेमा प्रहरीले जानकारी दिएका छैनन भने नजदिकका नातेदार र परिवारलाई मात्र भन्न सकिने भएकोले यस बिषयमा थप जानकारी लिएर आउने छौ ।

यस बिषयमा नेपाली मूलका मेरिल्याण्ड राज्यका बिधानसभा सदस्य ह्यारी भण्डारीको कार्यालयसंग प्रिन्स जर्ज काउन्टीका जासुस शाखा (डिटेकटिभ ब्रान्च बीच सम्पर्क भै रहेको छ ।

भण्डारीले रिड नामक डिटेकटिभ (जासुस )संग सम्पर्क गरेको र उक्त मुद्धाको मुख्य व्यक्ति (नेतृत्व )शेफार्ड संग बिस्तृत रुपमा भोलि जनवरी ११ का दिनमा कुरा गर्ने जानकारी दिनु भयो । यस बिषयमा कुनै पनि जानकारी चाहिएमा सभासद भण्डारीको मेरिल्याण्डको राजधानी एनापोलिस स्थित संसदीय कार्यालयमा सम्पर्क गर्न सकिने भण्डारीको कार्यालयले बताएको छ ।

सम्पर्क संख्या ३०१ – ८५८ – ३५२६ ,४०१ -८४१-३५२६  तथा टोलफ्री (कर नि:शुल्क)संख्या -१-८०० -४९२ -७१२२ -एक्सटेन्सन ( विस्तार )३५२६ मा गर्न सकिने छ ।

प्रतिक्रिया