“नौ आइजिपीसँगका अनुभूति” सार्वजनिक

इनेप्लिज २०७४ साउन ३२ गते २:४३ मा प्रकाशित

काठमाडौँ, ३१ साउन । पूर्व प्रहरी उपरीक्षक आनन्द पुरीको “नौ आइजिपीसँगका अनुभूति” पुस्तक आज यहाँ सार्वजनिक गरियो । भृकुटीमण्डपमा जारी बृहत् पुस्तक प्रदर्शनीमा साहित्यकारहरु माया ठकुरी, हरि अधिकारी र पत्रकार दामोदर न्यौपानेले पुस्तकको लोकार्पण गर्नुभएको हो ।

समिक्षक हरि अधिकारीले पुस्तकले प्रहरी सङ्गठनको बिबिध पक्छेबारे धेरै कुराहरु खुलाएको बताउनुका साथै पुस्तक पढ्दा बोर नलाग्ने धारणा राख्नुभयो । त्यसैगरी पत्रकार दामोदर न्यौपानेले पुस्तक प्रहरीले मात्रै नभै जोकोहिले समेत पढ्नुपर्ने खालको रहेको बताउनुभयो । आफ्ना भनाइ राख्ने क्रममा लेखक पुरिले प्रहरीलाई निरन्तर कमजोर बनाउदै लगेकाले आफुले पुस्तक लेखेको बताउनुभयो ।

प्रहरी सङ्गठनमा ३२ वर्ष सेवा गरी निवृत्त हुनुभएका पुरीले त्यहाँभित्रका विविध राम्रा र नराम्रा पक्षलाई प्रस्तुत गरिएको छ । उहाँले तत्काली प्रहरी महानिरीक्षकहरुसँगका अनुभूतिलाई समेटेर पुस्तक तयार गरेको प्रकाशक बिएन पुस्तक संसारका सञ्चालक सूर्य बिसीले जानकारी दिनुभयो । पुस्तकमा प्रहरी संगठनभित्र विसं. २०४६ पछि भएको राजनीतिक हस्तक्षेप, भ्रष्टाचार र विकृतिका विषयहरु पनि समावेश छन् ।

प्रतिक्रिया