आइतबार, कार्तिक ७ २०७८
काठमाडौं १२:०४
वासिङटन डिसी 02:19

निजामती सेवाबाट बल्ल लोकसेवा भयो :मैनाली

इनेप्लिज २०७३ जेठ २९ गते १२:३९ मा प्रकाशित

1465638353loksewa-finalकाठमाडौं, जेठ २९ । लोकसेवा आयोगले सुरक्षा निकाय तथा अन्य सरकारी सेवाका कर्मचारीको बढुवा र विभागीय कारबाही गर्दा अपनाउनुपर्ने सामान्य सिद्धान्त तयार गरेको छ ।

आयोगले तयार पारेको सिद्धान्तलाई निष्कर्षमा पुर्‍याउन शनिबार राजधानीमा गरिएको कार्यक्रममा आयोगका अध्यक्ष उमेश मैनालीले नयाँ संविधानले आयोगको जिम्मेवारीको दायरालाई फराकिलो बनाएको बताए ।

उनले यो जिम्मेवारीसँगै बल्ल निजामती आयोगबाट लोकसेवा आयोगमा रुपान्तरण भएको विचार व्यक्त गर्दै संविधानको प्रावधानअनुसार सार्वजानिक संस्थामा कर्मचारी भर्नाका लागि परीक्षा लिन सुरु गरिसकिएको जानकारी दिए ।

२००८ सालमा स्थापित लोकसेवा आयोगले २०१३ सालदेखिमात्र निजामती कर्मचारीका लागि लिखित परीक्षा लिन सुरु गरेको थियो ।

आयोगका सचिव माधवप्रसाद रेग्मीले सुरक्षा निकायको बढुवा प्रक्रियालाई अझ प्रभावकारी बनाउन र सार्वजनिक संस्थाको कार्यक्षमता अभिबृद्धि गर्न सामान्य सिद्धान्त बनेको जानकारी दिए ।

प्रतिक्रिया