अमेरिकाका लागी नेपाली राजदुत ड़ा० अर्जुन कुमार कार्कीको प्रयासमा भुकम्प पिडितलाई पठाईएको ५० टन राहतको सामाग्री नेपाल पुगेको छ l
त्रिपालमा बसेका भुकम्प पिडित नेपाली फेरी हिमपातको जाडोको मारमा परेकाले,जाडोमा लगाऊने न्यानो लुगा र कम्मल अमेरिका देखी पठाईएको हो l पचास टन न्यानो लुगा र कम्मल बोकेर अमेरिका देखी नै चार्टर जहाज नेपाल पुगेको हो l ५० टन राहतका सामाग्री बोकेको चार्टर जहाजलाई राजदुत ड़ा० कार्कीले गत: हप्ता अमेरिकाको नर्थ क्यारोलिनाको डग्लस् अन्तरास्ट्रिय विमानस्थलबाट बिदाइ गरेका थिए l
अमेरिका देखी गएको चार्टर जहाज नेपालको त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलमा पुगेपछी काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरले राहतका सामाग्री सगरमाथाको तल हेलम्बु पुर्यायो l सेतो हिउँले पुरिएका गाउँहरु मध्येको अति गरिब बस्ती यार्षा गाउँका भुकम्प पिडित हजारौ नेपालीलाई अमेरिकाको कम्मल, ज्याकेट, जुत्ता, मोजा, ऊनको टोपी,पन्जा / ग्लोब र जाडोमा लगाऊने अन्य न्यानो लुगाहरु भएको एक एक बोरा लुगा सबैलाई वितरण गरियो l
हेलिकप्टर ऊत्रनु अघि देखी नै हजारौ भुकम्प पिडित लामबद्ध भएर बसेका थिए र सबैले एक एक बोरा लुगा पाएपछी – निलो रङको स्लिपिङ्ग ब्याग जस्तै पछाडी बोक्न मिल्ने बनाईएको राहतका बोरा बोकेर खुशी हुँदै हजारौं नेपालीहरु हेलीकप्टर बसेको डाँडाबाट आ-आफ्नो घर (त्रिपाल) तर्फ लागेका थिए l
हिमपातले दुख: पाएका भुकम्प पिडित नेपालीलाई न्यानो लुगा वितरण गर्न अमेरिका देखी नै राहतको सामाग्री बोकेर गएका अमेरिकन गोराहरूलाई प्रिती घिमिरे नाम गरेका नेपाली महिलाले अमेरिकनहरुले बोलेको अंग्रेजीलाई नेपाली भाषामा र नेपालीले बोलेको नेपालीलाई गोराहरुलाई अंग्रेजीमा अनुबाद गर्ने गरेकी थिईन् l
यसरी, राहतको सामाग्री नेपाल पठाऊने सहयोगी संस्था थियो अमेरिकाको नर्थ क्यारोलिना हेड क्वार्टर भएको अन्तरास्ट्रिय च्यारिटी संस्था सामारीटन्स पर्स l
संसारभरी आपत बिपत पर्दा १०० भन्दा बढी मुलुकमा यस्तो मानबिय सहयोग गरिसकेको दयालु संस्था सामारीटन्स पर्स का प्रेसिडेन्ट फ्र्यांकलिन ग्य्राहम र अमेरिकाका लागी महामहिम नेपाली राजदुत ड़ा० अर्जुन कुमार कार्की दुवै जनालाई अमेरिकाबासी नेपालीहरुको तर्फबाट ईनेप्लिज डट कम परिवार हार्दिक आभार व्यक्त गर्दछ l
प्रतिक्रिया