टाउको काटिएको भिडियो सार्वजनिक भएपछि इजिप्टले लिबियामा जिहादीमाथि आक्रमण गर्यो
काइरो, ४ फागुन । जिहादीहरूले २१ जना इजिप्टसेली क्रिस्चियनको टाउको काटी हत्या गरेको भिडियो सार्वजनिक गरेपछि काइरोले लिबियामा इस्लामिक स्टेट समूहको लक्ष्यमा सोमबार हवाई आक्रमण गरेको छ ।
इजिप्टले यस विषयमा कडा हस्तक्षेप आवश्यक भएको उल्लेख गरेको छ भने फ्रान्सले सुरक्षा परिषद्लाई छिमेकी लिबियामा जिहादीविरुद्ध नयाँ पाइला लिन आग्रह गरेको छ ।
इजिप्ट सिनाइ प्रायःद्वीपमा आईएससँग पहिलेनै सङ्घर्ष गरिरहेको समयमा सोमबारको आक्रमणले यस युद्धमा नयाँ मोर्चा खोलेको छ । सेनाले सन् २०१३ को जुलाइमा इस्लामी राष्ट्रपति मोहमद मोर्सीलाई पदमुक्त गरेपछि आईएसका जिहादीले अनेकौँ सैनिक मारेको छ ।
भिन्नमत राख्नेमाथि घातक आक्रमण गर्ने व्यक्तिको रूपमा आलोचना भएका र मोर्सीलाई पदमुक्त गर्ने पूर्व सेना प्रमुख राष्ट्रपति अब्देल फताह अल–सिसीले इजिप्टलाई जिहादीविरुद्धको अन्तर्राष्ट्रिय प्रयासमा प्रमुख साझेदारको रूपमा प्रस्तुत गर्नुभएको छ ।
सोमबार बिहानै भएको हवाई आक्रमणमा आईएसको शिविर तथा तथा हतियार भण्डारमा प्रहार भएको सेनाले जानकारी दिएको छ । टाउको काटी हत्या गरिएको क्रूर भिडियोचित्र जिहादीले सार्वजनिक गरेपछि इजिप्ट क्रुद्ध भएको हो ।
प्रत्यक्षदर्शीले देर्नामा सेनाले कम्तीमा सातपटक हवाई आक्रमण गरेको जानकारी दिए ।
सेनाले आईएसका लागि अरेबिक भाषामा एक विज्ञप्ति प्रकाशन गरी लिबियाको दाएस शिविरमा भेला हुने, तालिम दिने तथा हतियार भण्डार गर्ने क्षेत्रमा आक्रमण गरेको जानकारी दिएको छ ।
इजिप्टले अफ्नो पश्चिमी छिमेकमा इस्लामी लक्ष्यमा सैनिक कारवाही गरेको पहिलोपटक घोषणा गरेको हो । यसअघि उसले लडाकूलाई लक्ष्य बनाएको कुरालाई अस्वीकार गरेको थियो ।
अमेरिकी अधिकारीहरूले भने इजिप्टले पहिले संयुक्त अरब इमिरेट्सलाई लिबियाका लडाकूमाथि आक्रमण गर्न आफ्नो सैनिक केन्द्र प्रयोग गर्न दिएको बताएका छन् ।
ट्रम्पका वकिल जुलियानी बिरुद्ध १.३ अर्ब डलरको क्षतिपूर्ति स्वरुप मुद्दा दायर
बाइडेनले अमेरिकी उत्पादनलाई सुदृढ पार्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
प्रतिक्रिया