मंगलबार, साउन २४ २०७९
काठमाडौं १२:५४
वासिङटन डिसी 03:09

मिस नेपाल नर्थ अमेरिकाको लागि चर्चित कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी अमेरिका आउने

इनेप्लिज २०७८ साउन १२ गते ०:३४ मा प्रकाशित

मिस नेपाल नर्थ अमेरिका २०२१ को लागि नेपालका चर्चित कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी अमेरिका आउने भएका छन् । उनि आगामी अगस्त ७ का दिन बिश्व कै सम्राट राज्य न्यूयोर्कमा हुने २०२१ -मिस नेपाल नर्थ अमेरिका ( उत्तर अमेरिका नेपाल सुन्दरी )प्रतियोगिताको लागि न्यूयोर्क आउन लागेको आयोजक तथा संस्थापक सैलेश श्रेष्ठले ईनेप्लिजलाई बताए ।

उनि अतिथिको रुपमा अमेरिका आउने छन् भने उनि पहिलो पटक अमेरिकाको भ्रमणमा हुनेछन । उनि लामो समय देखि कान्तिपुर टेलिभिजनसंग आबद्ध छन । ठकुरी बहु प्रतिभाशाली व्यक्तित्व हुन् भने उनि एक चर्चित टेलिभिजन(दूरदर्शन)प्रस्तोता ,कलाकार निर्देशक र निर्माता हुन्।

उनि  हाल कान्तिपुर टेलिभिजन नेटवर्क(संजाल )का कार्यकारी निर्माता हुन् । ठकुरी कान्तिपुर टेलिभिजनमा दैनिक प्रसारित हुने लामो समय देखि चलिरहेको कार्यक्रम कल कान्तिपुरको आतिथ्यको रूपमा उनलाई चिनिन्छ । उनको इट्स माइ सो विथ सुरज सिङ्ग ठकुरी कार्यक्रम अत्यन्तै चर्चित् छ ।

उनले धेरै सङ्गीत भिडियो(श्रब्य दृश्य) हरू निर्देशित गरेका छन् भने बहु प्रतिभाशाली भएकोले कलाकारको रुपमा पनि उनले भूमिका निर्वाह गरेका छन् ।

मिस नेपाल नर्थ अमेरिका २०२१ को लागि अन्तिम १९ जना प्रतियोगीहरू छनौटमा परि सकेका छन् । कार्यक्रम टिबेटन कम्युनिटी सेन्टर (तिब्बती सामुदायिक केन्द्र)न्यू योर्कमा हुने भएको छ ।

यस पटक ४ जना पूर्व नेपाल सुन्दरीहरू क्रमस शृंखला खतिवडा ,सदीक्षा श्रेष्ठ ,मनिता देवकोटा तथा साहना वज्राचार्यको सहभागिता हुनेछ ।

मिस नेपाल नर्थ अमेरिका २०२१ को लागि सन् २०१८ की मिस नेपाल वर्ल्ड शृंखला खतिवडालाई अफिसियल मेन्टोर अर्थात् आधिकारिक परामर्शदातामा ,सदीक्षा श्रेष्ठलाई अफिसियल कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)तथा सन् २०१८ कि नेपाल ब्रम्हाण्ड सुन्दरी मनिता देवकोटाले प्रशिक्षकको भूमिका निर्वाह गर्ने छिन् ।

उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको छ । ग्रान्ड फिनाले अर्थात् समापन समारोह अगस्त ७ का दिन न्यू योर्क शहरमा हुनेछ ।

सन २०१९ मा सम्पन्न दोश्रो मिस नेपाल नर्थ अमेरिका-२०१९ ( उत्तर अमेरिका नेपाल सुन्दरी -२०१९ )मा न्यूयोर्क की श्रेया गजुरेल बिजयी घोषित भएकी थिइन् । ११ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति रहेका छन् ।

सन् २०१९ मा पूर्व नेपाल सुन्दरी द्वय शृंखला खतिवडा तथा सदीक्षा श्रेष्ठले सहभागिता जनाएका थिए । मनिता देवकोटाको यस बर्ष पहिलो पटक हुनेछ। मिस नेपाल नर्थ अमेरिकाको लागि चर्चित कार्यकम प्रस्तोता तथा २०१० की मिस नेपाल अर्थ (पृथ्वी )साहना बज्राचार्य कार्यक्रम प्रस्तोता हुने भएकी छिन ।

साहना वज्राचार्य एक नेपाली मोडल(नमुना )संचार टिभी एङ्कर(दूरदर्शन प्रस्तोता )अभिनेत्री र संचार माध्यमकी चिर परिचित व्यक्तित्व हुन् । उनले मिस नेपाल अर्थ २०१० को ताजमा पहिरिएकी थिइन।

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होस् :

https://missnepalnorthamericapageant.com/

 

प्रतिक्रिया