शुक्रबार, मंसिर ६ २०७६
काठमाडौं ०५:४९
वासिङटन डिसी 19:04

नेप्लिज एसोसियसन अफ मिचिगनको अध्यक्षमा अमृत भट्टराई

इनेप्लिज २०७६ कार्तिक ३ गते २३:२९ मा प्रकाशित

नेप्लिज एसोसियसन अफ मिचिगनको अध्यक्षमा अमृत भट्टराई चयन भएका छन् । गत अक्टोबर १९ का दिन बसेको बैठकले भट्टराईलाई अध्यक्षमा चयन गरेको हो । संस्थाको पहिलो साधारण सभाले उनलाई चयन गरेको हो ।

भट्टराई अध्यक्ष भएता पनि पूर्ण कार्यकारी समितिको चयन छिट्टै हुने बताइएको छ । आगामी दिनमा पूर्ण समिति निर्माण भए पछि संचार माध्यममा जानकारी गराइने उज्ज्वल खड्काले बताएका छन् ।

प्रतिक्रिया