आइतबार, असोज ४ २०७७
काठमाडौं १७:२३
वासिङटन डिसी 07:38

कलिवुड नाईट २०१९ – दशैं धमाका

बसन्त श्रेष्ठ भर्जिनिया, अमेरिका २०७६ असोज १८ गते २:०१ मा प्रकाशित

बसन्त श्रेष्ठ ,भर्जिनिया, अमेरिका । प्रत्येक बर्ष दशैंको उपलक्ष्यमा सम्पन्न गरिने बिबिध सांस्कृतिक कार्यक्रमको संगालो “कलिवुड नाईट २०१९- दशैं धमाका” यस बर्ष सेप्टेम्बर २८, २०१९ का दिन भब्य रुपमा सम्पन्न भयो । केसी डान्स सेन्टर को आयोजनामा बिगत तिन बर्षदेखी आयोजना गर्दै आईरहेको यो सांस्कृतिक कार्यक्रमको यो तेश्रो शृंखला हो । प्रत्येक बर्ष झैं यस बर्ष पनि बिबिध सांस्कृतिक कार्यक्रम यो तेश्रो शृंखला बिभिन्न कोणले एक उच्चस्तरीय, मनोरंजनपूर्ण मात्र नभै अत्यधिक सफलताका साथ् सुसम्पन्न भएकोछ । करिब छ सय सिट क्षमता भएको दर्शक दिर्घाको सम्पूर्ण सिट भरिभराउ भएको थियो । त्यसको लागि केसी डान्स सेन्टरका संचालक द्वय नबिन केसी र लुना श्रेष्ठ साथै करिब सय जनाको सांस्कृतिक टोलि अनि सम्पूर्ण सम्बद्ध ब्यक्तिहरु धन्यबाद अनि बधाईका पात्र हुन् ।

यस बर्षको कार्यक्रममा समाबेश सम्पूर्ण कार्यक्रमहरु बिशेष थिए भन्दा अत्युक्ति नहोला । सामुहिक नृत्य को बोलबाला भएको यस पटकको कार्यक्रममा बालकको, बालिकाको, आमा अनि बयस्क गरि बिभिन्न उमेर समुहको नृत्यले सबैको मन प्रसन्न भएको देखिन्थ्यो । साच्चै भन्ने हो भने यस बर्षको कलिवुद नाईटको धमाकेदार प्रस्तुति साना साना बालकहरुको सामुहिक नृत्य नै थियो ।

नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण, सम्बर्धन र बिकास गर्ने हेतुले यस पंक्तिकारले थुप्रै साहित्यिक,सांस्कृतिक अनि अधिबेशनको आयोजना सफलताका साथ सम्पन्न गरेको अनुभब छ । उत्तर अमेरिकामा बिगतको तुलनामा आजको नेपालीको संख्यामा तुलनात्मक रुपले वृद्धि भएको देखिन्छ । बिभिन्न जातीय, बर्गीय, क्षेत्रीय राजनैतिक संघ संस्थाको भात्री संघ संस्थाको संख्या पनि दिनानुदिन बढ्दै गैरहेको छ । आआफ्नो उदेश्यपुर्तिका साना साना संघ संस्थाको स्थापना भै रहे तापनि सबै नेपालीको साझा संस्थाको रुपमा बृहत कुनै पनि लोकप्रिय संस्था अझ सम्म पनि बन्न सकेको देखिदैन । भएको बिगतका पुराना संस्था पनि पदिय लोभ, स्वार्थ , आर्थिक अपचलन र व्यक्तित्वको महत्वकांक्षाले धरासायी बनेको आजको यथार्थता हो । त्यसको मूल कारण संघ संस्थामा आबद्ध कुनै पनि सदस्यले अर्को संघ संस्था संग आबद्ध भएको संग सकारात्मक र सहयोगी भावनाको बिकासको सट्टा प्रतिस्पर्धा र आलोचकको रुपमा प्रस्तुत हुनु नै मुख्य कारक हुन् । थुप्रै संघ संस्था बिकासको बाधक हुदैन तर सहयोगी र मनकारी हुन् आबश्यक देखिन्छ । धार्मिक आश्था र केन्द्र लाई मध्ये नजर राखेर अमेरिकाको बिभिन्न शहरहरुमा स्थापना हुदै गरेका थुप्रै मन्दिर अनि सामुदायिक केन्द्रहरु ले पनि समुल नेपालीहरुको दुख, दर्द अनि भावना समेटिएको देखिदैन । यसको लागि अझ परिस्कृत र मेहनत आबश्यक पर्ने देखिन्छ । संख्यामा, प्रचारमा अनि व्यक्तिगत प्रदर्शनमा मात्र अघि बढ्दै गएको यो प्रबासी समाजमा ईमान्दारिता, निस्वार्थता, निस्पक्षता अनि पारदर्शिताका कतिपय गुणमा धेरै कमि कमजोडी देखिन्छ ।

यी नै बिबिध समस्या र कारणहरुले रुमल्लिरहेको आजको उत्तर अमेरिकी प्रबासी समाजमा केशी डान्स सेन्टर एक नमुनाको रुपमा बिकास भै रहेको देख्दा गर्वको अनुभूति हुन्छ । यस सेन्टरले प्रबासी नेपालीलाई सिर्फ मनोरंजन मात्र प्रदान गरेको छैन यसले नेपाली भाषा, साहित्य, कला र संस्कृतिलाई जगेर्ना गर्दै स्थापित गर्नमा तल्लिन देखिन्छ । समाजका बिभिन्न समुहका आमा समुह, युबा समुह अनि बालबालिका समुह निर्माण गरेर सबैलाई एकतामा बाध्ने र आफ्नो जातीय अस्तित्वलाई जगेर्ना गर्न उत्तिकै तल्लिन र कटिबद्ध बन्दै गएको देखिन्छ ।आफ्नो कला र संस्कृति मार्फत आफ्नो जातिय अस्तित्व लाई सात समुन्द्र पारि यस बिरानो धर्तीमा यस्तो सुन्दर अनि कलात्मक ढंगले प्रस्तुत गरेर आफ्नो रक्षा गर्न अभिप्रेरित हुनु बास्तबमै सांस्कृतिक धरोहरको एक कोशे ढुंगा हो भन्ने मैले अनुमान गरेको छु ।

प्रस्तुत कलिवुड नाईटको यस बर्षको कार्यक्रम रुपमा तिन घन्टाको सांस्कृतिक कार्यक्रम निर्बाध रुपमा अति मनोरन्जनपूर्ण सम्पन्न भएको थियो । सदाबहार उद्घोषक परशु तिमिल्सिनाको उद्घोषण शैली अझ खारिएको र माझिएको थियो । समिक्षा सापकोटा को उद्घोषणमा मिठास नै थियो भने एघार बर्षीय सानी उद्घोषिका ऋचा ढकालको उद्घोषण कलालाई अत्यन्तै सालिन, निर्भिक र सहज तरिकाले निभएको देख्दा लाग्छ उनको भविष्य अति उज्ज्वल छ । उनलाई अझ एक दुइ वटा कार्यक्रमको उद्घोषण गर्न दिएको भए पनि हुन्थ्यो भन्ने मलाई चैं लागिरह्यो । उच्च प्राबिधिक तरिका अपनाईएको यस कार्यक्रममा प्रस्तुत भै रहेको प्रत्येक नृत्य वा गीत संग पछाडी पट्टिको ठुलो पर्दाको पार्श्व दृश्य संग पुरै तालमेल भएको देख्न सकिन्थ्यो । जसले गर्दा प्रस्तुत् कार्यक्रमलाई अझ सुस्पष्ट, सुमधुर र अत्यधिक मनमोहक बनाउनमा सहायक सिद्ध भएको देखिन्थ्यो । प्रस्तुत सबै कार्यक्रम बेजोड थियो । यो नै यस कार्यक्रमको पूर्ण सफलता हो भन्ने लाग्छ । नृत्य गर्नमा एकल वा दोहरी नृत्य भन्दा सामुहिक नृत्य धेरै कठिन हुन्छ । सामुहिक नृत्य हेर्नमा जति मनमोहक देखिन्छ तर प्रस्तुत गर्नमा धेरै कठिन हुन्छ । तर यस पटकको कार्यक्रममा सबै नै सामुहिक नृत्य मात्रै थियो । प्रस्तुत सम्पूर्ण सामुहिक नृत्य हरु कुनै पेशेवार नृत्यकारहरुले प्रस्तुत गरेको भन्दा केहि फरक थिएन । शृंगार अनि भेष भुषामा मात्रै होइन रंगमंचको साजसज्जा पनि बेजोडको थियो ।

केशी डान्स सेन्टरका नबिन केशी र लुना श्रेष्ठको कठोर मेहेनत र लामो समय सम्मको प्रशिक्षणले यो सबै सम्भब भएको हो । अत्यधिक मिहिनेतको बाबजुद र बिगतको भब्य कार्यक्रमको ईतिहासले गर्दा पनि यस पटकको कार्यक्रम अत्यधिक सफलताका साथ् सम्पन्न भएको छ । दोश्रो पुस्ताका नेपाली अमेरिकन हरुमा भाषा, कला र संस्कृतिको बिकास र जगेर्ना गर्नमा अत्यधिक मात्रामा ह्रास आई संकट पर्ने अत्यधिक चिन्ता भै रहेको यस परिप्रेक्ष्यमा यस कार्यक्रमले एउटा ठुलो सेतुको काम गरेको मैले महशुस गरेको छु ।

सांस्कृतिक कार्यक्रम बाट बचेको केहि रकमले नेपालमा चेपाङ्ग बस्तीको लागि सहायता रकम प्रदान गर्दै आएको छ । नेपाली भाषा र संस्कृतिको संरक्षण र बिकासको लागि साना साना बाल बालिकालाई नेपाली भाषामा नृत्य सिकाईरहेको छ अनि प्रदर्शन पनि गरिरहेकोछ । त्यस्तै आमा समुहको बिकास गरेर परिवारमै नेपाली भाषा अनि संस्कृतिको बिकासको बिज रोपेकोछ ।

तसर्थ केशी डान्स सेन्टर धन्यबादका पात्र मात्र नभै नेपाली भाषा, साहित्य, कला अनि संस्कृतिको बिकासको एक सच्चा अभियन्ता बनेको मेरो ठहर छ । यो पंक्तिकार करीब दुई दशक भन्दा बढीको यस प्रबासमा रहेको मात्र नभई सभा, समारोह ,अधिबेशन , सांस्कृतिक कार्यक्रमको पनि आयोजक रही कार्यक्रम आयोजना गरेको अनुभवले म ठोकेर भन्न सक्छु यो कार्यक्रम आज सम्मको सब भन्दा उत्कृष्ट कार्यक्रम हो भन्दा केहि फरक पर्दैन ।

अझ आगामी बर्षमा पनि यस्तै अझ ससक्त स्तरिय कार्यक्रम ल्याउन सफल बनोस भन्ने शुभकामना भन्दै यो मेरो छोटो आलेख बिट मार्छु ।

धन्यबाद ।

भर्जिनिया, अमेरिका
अक्टोबर २९, २०१९

प्रतिक्रिया