बुधबार, मंसिर १० २०७७
काठमाडौं ०२:५९
वासिङटन डिसी 16:14

भर्जिनिया आर्लिंगटनमा यौन आक्रमणको प्रयास गर्ने व्यक्तिको खोजी

इनेप्लिज २०७७ मंसिर ४ गते ३:१३ मा प्रकाशित

भर्जिनिया राज्यको डिसी नजिक रहेको आर्लिंगटन शहरमा यौन आक्रमणको प्रयास गर्ने एक व्यक्तिलाई प्रहरीले खोजी गरि रहेका छन । गत मंगलबार नोभेम्बर १७ क दिन आर्लिंगटनको राडनर तथा फोर्ट हाइट्स नजिक यौन आक्रमणको प्रयास भएको थियो ।

यौन आक्रमण मंगलबार राती करिव १० :४५ मा नर्थ रोल्फ गल्लीको १४औ मार्गमा भएको थियो । प्रहरीका अनुसार उक्त महिला कुकुरसंग हिडी रहेको समयमा पछाडी कसैले पछ्याई रहेको जस्तो लागेकोले भाग्दा उक्त व्यक्तिले समातेर यौन आक्रमण गरेको प्रहरीले बताएका छन् ।

त्यसै समयमा एक व्यक्तिले चिच्याए पछि महिला भागिन । र ,केही क्षणमै प्रहरी आउदा उक्त संदिग्ध फरार भएका थिए । अहिलेसम्म उक्त व्यक्तिलाई पक्राउ गरिएको छैन भने प्रत्यक्षदर्शी उसको हुलिया प्रहरीलाई बताएका छन् ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया