पुटिनद्धारा आत्मनिर्भर हुन जनतासँग अपील
काठमाडौं, १९ मंसिर । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशका लागि आगामी दिन निकै कष्टकर हुनसक्ने भन्दै सबै देशबासीलाई सचेत गराएका छन् । संसदमार्फत् राष्ट्रलाई सम्बोधन गर्दै उनले आत्मनिर्भर हुन जनतासँग अपील पनि गरे ।
क्रेमलिनमा दुबै सदनलाई सम्बोधन गर्दै पुटिनले ‘चारैतर्फ फलामको पर्खाल खडा गरेर आफ्नो देशमा संकट सिर्जना गर्न खोजिएको’ भन्दै पश्चिमी देशहरुको आलोचना गरेका हुन् । आगामी वर्ष रुसले आर्थिकमन्दी ब्यहोर्नुपर्ने भन्दै चेतावनी पनि रुसी सरकारले दिएको छ ।
तेलको गीर्दो भाउका कारण रुसको अर्थतन्त्र प्रभावित हुँदा ‘रुबल’को क्रयशक्ति दिनप्रतिदिन खस्कँदै गएको छ । यसका साथै छिमेकी देश युक्रेनको समस्याका कारण पश्चिमा देशहरुले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् ।
हाल रुसी मुद्रा रुबल पछिल्लो डेढ दशककै सबैभन्दा कमजोर अवस्थामा पुगेको छ । सोमवार मात्र रुबलमा सन् १९९८ पछिकै सबैभन्दा बढी गिरावट आएको थियो ।
पुटिनले युक्रेनको स्वामित्वमा रहेको क्राइमिया अधिग्रहण गरेकोमा कुनै पश्चाताप समेत नरहेको प्रतिक्रिया दिँदै पश्चिमा राष्ट्रहरुको प्रतिबन्धले रुसलाई कुनै असर नपर्ने बताए ।
यसैबीच, स्वीट्जरल्यान्ड पुगेका अमरिकी विदेशमन्त्री जोन केरीले भने पश्चिमी देश रुससँग कुनैखाले द्धन्द्ध लिने पक्षमा नरहेको जिकिर गरेका छन् । पूर्वी युक्रेनमा पृथकतावादीलाई दिँदै आएको समर्थन रोकेमा रुससँग पूर्ववत सम्बन्ध हुने केरीको भनाइ छ । (एजेन्सी)
तीन मानसिक अवस्था जसलाई नेपाली समाजले स्वीकार गर्दैन
आफु परस्त्रीसँग सम्बन्ध राख्दै हिँड्ने तर श्रीमती को चरित्र माथी शङ्का गर्ने हरुको नाममा…
मैले देखेका आमाहरू
अमेरिकाको न्यूजर्सीमा सवारी साधनमा दुर्घटना भै निधन भएका नेपालीको शव नेपाल लैजान सहयोगको लागि आह्वान
अमेरिकासँग असन्तुष्ट कृतघ्न नेपालीका नाममा
म्याकडोनाल्डले रुस पूरै छोड्दै
ट्विटर कानूनी टोलीले इलोन मस्कलाई गोप्य सम्झौता उल्लङ्घन गरेको आरोप
क्यालिफोर्नियाको गिर्जाघरमा गोली चल्दा कम्तीमा १ जनाको मृत्यु ,४ जना गम्भीर घाइते
“नेपाल अमेरिका पत्रकार संघ (नेजा)को आयोजनामा अमेरिकामा रक्तदान सम्पन्न”
कोलोराडोमा प्रकाश सपुत सांगीतीक सांझ कार्यक्रम सफलताका साथ सम्पन्न
प्रतिक्रिया