शनिबार, साउन ३२ २०७६
काठमाडौं १७:००
वासिङटन डिसी 07:15

कलिवुड नाईट २०१८ ” सफल बनाई दिनु हुने सबैमा केसी डान्स सेन्टर द्वारा बिशेष धन्यबाद

इनेप्लिज २०७५ कार्तिक ३ गते १९:०५ मा प्रकाशित

केसी डान्स सेन्टरको दोश्रो प्रस्तुति कलिवुड नाईट २०१८ लाई भव्यताका साथ सम्पन्न पारि दिनु हुने सम्पूर्ण हाम्रा प्यारा बुवाआमा ,हजुरबुवा,हजुरमुवा,दाजुभाई ,दिदि बहिनि ,साथी संगिनीलाई हृदय देखि नमन/ धन्यवाद टक्र्याउन चाहन्छौ ।

साच्ची नै तपाईहरुको उपस्थिति हाम्रो हौशला हो । त्यसैले यो कार्यक्रमलाई सफल बनाउन सक्यौ । तपाईहरुको यहि हौसला माया हामीले सदैव भरि पाई राखौ भन्ने हामीले ठुला अपेक्षा राखेका छौ ।

मिडियाका साथीहरु जसले बारम्बार हाम्रो यो कार्यक्रमको बारेमा कलम चलाएर हुन्छ कि अन्तर्वार्ता लिएर हुन्छ हरदम कदम कदम मिलाएर समाचारलाई बिश्व भर पुर्याई दिनु भयो ।

प्रचार प्रसारमा कुनै कसर बाकि राख्नु भएन वहाहरु विजय थापा ( ईनेप्लिज ) डिसी नेपाल ,खसखस डटकम ,बिश्व परिक्रमा ,नेपाल मदर डटकम ,सानो संसार/हाम्रो संसार सबैलाईमुरी मुरी धन्यवाद ।

कार्यक्रमको बारेमा कार्यक्रमलाई राम्रो बनाउन नयाँ नयाँ सोच बनाइन्छ । तर सबै कुरा सम्भव हुन्छ जव आर्थिक स्थिति बलियो हुन्छ । हाम्रो यस कार्यक्रमलाई आर्थिक स्थिति बलियो बनाउनका निम्ति सौजन्य( स्पोन्सरशिप ) दाताहरुले गर्नु भएको स्पोन्सरका कारण अघिल्लो बर्ष भन्दा यस बर्ष एक लेबल माथि कार्यक्रमलाई लैजान सफल पनि भयौ ।

यस्तो खुला अनि ठुला मन भएका हाम्रा सम्पूर्ण स्पोन्सर दाताहरु प्रति हामी केसी डान्स अनि कलिवुड नाईट २०१८ का टिम सधै आभार प्रकट चाहन्छौ ।

साथै वहाहरु प्रति यदि हामीबाट कुनै सहयोग तथा कुनै काम गर्न सकेको खण्डमा हामी सहयोगको साथ गर्ने छौ । कार्यक्रमको अर्को पाटो भनेको व्यवस्थापन हो । मेनेजमेन्ट टिममा चाहे भित्र बसेर या बाहिर बसेर तन मन लगायर रातदिन नभनी कार्यक्रमको सुरु देखि अन्त्य सम्म साथ दिनु हुने सम्पूर्णमा मेरो आदरणीयहरु यस कार्यक्रमको धन्यवादका पात्रहरु हुनु हुन्छ ।

जस मध्ये दिपक शर्मा ,श्याम बजिमाया,अब्दुल रजाक,विजय श्रेष्ठ,राजिव श्रेष्ठ,निशेष भट्टराई ,यमन श्रेष्ठहरुलाई बिशेष धन्यबाद दिन चाहन्छौ । कार्यक्रमको मुटु अर्थात् कलाकारसाथीहरु । जस्ले यस कार्यक्रमलाई सफल बनाउन यति धेरै मेहनत गर्नु भएको छ जुन कुरा हामीले भन्दा पनि तपाईहरुले कार्यक्रम हेरे पछि मुल्यांकन गर्नु भै सकेको होला ।

बिशेषत सुपरममहरुले गर्नु भएको मेहनतलाई हामीले उठेर स्यालुट गर्न चाहान्छौ । नेपाल देखि पाल्नु भएका वरिष्ठ कलाकार सरोज खनाल ,कलाकार किरण प्रताप केसी ,सारङ्गा श्रेष्ठ ,राम प्रसाद खनाल ,संजीप प्रधान ,सरिश्मा अमात्य ,पुस्कर पन्त ,राहुल केसी,रिमा केसी ,अर्जुन दाहाल ,सुनिक्षा मैनाली ,कार्यक्रम प्रस्तोता परशु तिमिल्सिना ,” मिस नेपाल युएसए २०११ कि सुजित बस्नेत ,साउण्ड टेक्निसियन सुगन्ध श्रेष्ठ ,सुपर मम्स ,सुपर गर्ल्स ,सुपर लिटल गर्ल्स ,झन्डै ६० जनाको जम्बो कलाकार टिमलाई हामि केसी डान्स सेन्टरका संचालक नविन केसी तथा लुना श्रेष्ठ दस औला जोडेर शिर निहुर्याएर धन्यवाद दिन चाहन्छौ ।

यस्तै सहयोग ,यस्तै माया हामीले सधै पायौ भने हामी अझ राम्रो भन्दा राम्रो गर्दै जाने छौ । नेपाल र नेपाली भाषा र संस्कृतिलाई प्रत्येक बर्ष लेवल अप गर्दै जाने छौ ।

एक दिन त्यसो ठाउँमा पुर्याउने छौ कि बिश्वले उदाहरणको रुपमा लिन सकोस । नया सोच र नया जोश लिएर “कलिवुड नाइट २०१९ ” मा हामी फेरी पनि आउने छौ । कार्यक्रमलाई भव्यताको साथ सफल बनाउन तपाईहरु सम्पूर्णलाई फेरी पनि एक पटक धन्यवाद दिदै ” तपाईहरुको उपस्थिति हाम्रो हौसला ” भन्न चाहन्छौ ।

नविनकेसी/लुना श्रेष्ठ
केसी डान्स सेन्टर

प्रतिक्रिया