रमाउँदै कृष्णजी भन्दै आए गायक बराल

इनेप्लिज २०८२ वैशाख १८ गते २१:४८ मा प्रकाशित

काठमाडौँ । भजन गायक मनिष रञ्जन बरालको नयाँ भजन सार्वजनिक भएको छ l (रमाउँदै कृष्णजी) बोलको भजन सार्वजनिक गरिएको हो l भजनलाई शब्द रचनाकार भेषराज भट्टराईले शब्द भरेका हुन l गायक स्वयंले संगीत गरेको भजनमा ध्वनि मिश्रण समेत आफैं गरेका छन l भजनलाई मनिष रञ्जन बराल युट्युव च्यनल मार्फत सार्वजनिक गरिएको छ l

साँगितिक क्षेत्रमा लामो समय बिताईसकेका बरालको स्वरमा छुट्टै प्रकारको माधुर्यता रहेको पाईन्छ l दर्जनौँ भजनहरु रेकर्ड गराईसकेका बरालको हाल सालै मात्र (कहाँ होला बैकुण्ठ भन्ने ठाउँ) लाई दर्शकले रुचाएका थिए l उनको पहिलो भजन “कृष्णजीको नामै प्यारो” हो भने यसलाई २०७३ सालमा रेकर्ड गरिएको थियो l

प्रतिक्रिया