क्यानडाको पश्चिमी भागमा रहेको प्रान्त हो बृटिश कोलम्विया । यसलाई बिसी भनेर छोटकरीमा चिनिन्छ । बिसीको राजधानी हो भिक्टोरिया । भिक्टोरिया एक आइलेण्ड हो । जसमा पुग्नका लागि फेरी(एक प्रकारको ठूलो पानी जहाज ) जसले ठूलाठूला ट्रकहरू, सयौँ कारहरू , बसहरू र यात्रुहरूलाई समुन्द्र पार गराउँछ ।
भेन्कुभरबाट एकघण्टा पैँतालिस मिनेट र सियाटल बाट तीन घण्टाको फेरीको यात्रा गरेपछी भिक्टोरिया पुगिन्छ । यहाँको न्यानो मौसमले गर्दा क्यानेडियन मात्र नभएर धेरै देशबाट क्यानडामा आएका मानिसहरू यही ठाउँलाई रोज्दछन् । यसो भन्दा सिनियरहरूको मात्रै बशोबास हुने अर्थलाग्न सक्छ । तर त्यस्तो पटक्कै हैन । यहाँ अड्तिस बटा एलिमेण्ट्री र मिडिल स्कुल छन् भने सातवटा हाइस्कुलले हजारौँ बालबालिकालाई शिक्षा प्रदान गर्दछन् । यहाँका क्यामशन कलेज , रोयलरोड यूनिभर्सिटी, र यूनिभर्सिटी अफ भिक्टोरिया (यूभिक) ले क्यानडाका मात्र नभएर सन्सारकै बिधार्थीहरूलाई उच्च शिक्षा प्रदान गर्दछ । अन्यत्र ठाउँको तुलनामा यहाँको दैनिक जीवनचर्या खर्चिलो छ । महँगो हुनाले नयाँ आउनेहरूलाई अलिबढी मेहनत गर्नु पर्ने हुन्छ ।
यो शहरमा नेपाली समुदायको बशोबास हुन थालेको धेरै लामो ईतिहाँस छैन । करिब तीन दशकको हाराहारी मै होला । सँख्यालाई हेर्ने हो भने पनि करीब तीनसय जना नेपालीहरूको बशोबास रहेको अनुमान गरिन्छ ।नेपालीको कमै बशोबास भए पनि नेपाली साहित्य, संस्कृति र पहिचान जोगाउन बिभिन्न प्रकारका कार्यक्रमहरु भै नै रहन्छन् । नेपाली नयाँबर्ष, दशै तिहार, नेपाली राष्ट्र पोशाक दिवस, नेपालडे ,होली जस्ता कार्यक्रमको आयोजना हुन्छ । नेपालीहरू आफ्नो समय मिलाएर उपस्थित हुन्छन् । सबैसँग भेटघाट गरेर खुशी व्यक्त गर्छन् । जन्मदेशको नोष्टाल्जिकलाई भुल्न प्रयाश गर्दछन् । बिभिन्न खेलकुदको आयोजना गरेर अन्यत्रका खेलाडीहरूलाई आमन्त्रण गर्छन् । नेपालिज सोसाइटी अफ भ्याङ्कुभर आइलेण्ड भन्ने संस्थाले साँस्कृतिक कार्यक्रमहरूको आयोजना गर्दछ । त्यस्तै गोर्खाली स्पोर्टस क्लब(GSC)ले बिभिन्न खेलकुदको आयोजना गर्ने गर्दछ । जसमा सकर ,भलिवल, व्याडमिण्टन जस्ता स्पोर्टसहरू रहेका छन् ।
यही मे महिनाको तीन र चारमा गोर्खाली स्पोर्ट्स क्लबले सकर प्रतियोगिताको आयोजना गरेको थियो । सो प्रतियोगितामा अमेरिकाको सियाटल ,भेन्कुभर र भिक्टोरियाका जम्मा छ टिमहरूले भाग लिएका थिए । भिक्टोरियाको टोपाज खेल मैदानमा भएको खेलमा हिम्सक(HIMSOC) भ्याङ्कुभर टिम, नेपाल सियाटल एफसी(Nepal Seattle FC) , टिम Nepal Yarsha Van FC यार्सा ,जीएससी ब्लू ,जीएससी ग्रिन र भुटान Drukyul FC टिमले भाग लिएका थिए । दुई दिन सम्म चलेको जीएससी कप २०२५ प्रतियोगितामा नेपाल सियाटल एफसीले प्रथम स्थान प्राप्त गरी नगद तीनहजार डलर ट्रफी र मेडलहरू प्राप्त गर्यो । त्यस्तैं रनरअपमा हिम्सक भ्याङ्कुभर टिमले नगद एकहजार डलर र मेडलहरू प्राप्त गर्यो । उक्त प्रतियोगिताको फाइनलमा म्यान अफ द म्याच एकराज राउत भएका थिए । त्यस्तै । मोष्ट भ्यालुएवल प्लेयर अफ द टुर्नामेक्ण्ट प्रशान्त अवस्ती र टप स्कोरर् धिरज जोशीले प्राप्त गरेका थिए । त्यस्तै गरी गोलकिपर अफ द टुनार्मेण्ट सियाटल एफसीका गोली समिरबम मल्लले प्राप्त गरेका थिए ।
यस जीएससी(GSC) कप २०२५लाई सफलबनाउन हिमालयन फ्लेवर रेष्टुरेण्टका किरण गौतम ,निलस्टेट की रियल्टर रिजा गौतम , सेल एण्ड एशोसियटका राज सिग्देल ,फुडपार्टनर चिरिन्जिवी खनाल र Nepali Social Media Influencer अश्मिता अधिकारीले सहयोग गर्नु भएको थियो । नेपाली ,क्यानेडियन र भुटानको राष्ट्रियगान बजाएरकार्यक्रम शुरू गरिएको थियो । कार्यक्रमको उद्घाटन समारोहमा अन्जुली शर्मा र शिखा मरठ्ठाले नेपाली गीतमा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा इशान घिमिरे, अर्पण शर्मा ,अविरल जोशीले,रिक्सन र नामचोगले नेपाली र भूटानी राष्ट्रिय पोशाकमा टिमका क्याप्टेनहरूलाई र खेलाडीहरूलाई स्वागत गरेका थिए । सकर प्रतियोगिता सम्पन्न गर्नका लागि अहोरात्र खटनेहरू उत्शव बुढाथोकी शंकर तिम्सिना कुन्दन साप्कोटा , निश्चल कार्की, प्रिन्स तुलाचन (कनेकी) र साथीहरूको सक्रिय संलग्नताले कार्यक्रम सफल भएको थियो ।
यस्ता प्रकारका खेलकुदहरुले यूवाहरूको शाररिक तथा मानशिक स्वास्थलाई मात्र सहयोग नपुगी सिंगो समाजलाई नै एक सूत्रमा बाँध्ने काम गर्दछ । धेरै नेपालीहरूलाई भेटघाट र भलाकुसारी गर्ने अवशर समेत प्राप्त हुने गर्दछ । खेलको माध्यमले अन्य समूदायहरूसँग पनि परिचय र निकटता बढाउँछ । कार्यक्रमको संचालन शंकर तिम्सिनाले गर्नु भएको थियो ।
प्रतिक्रिया