अमेरिकी पौडीवाजद्वारा ८०० मि. पौडीमा नयाँ विश्व किर्तिमान : २०१६ को किर्तिमानलाई १० वर्षपछि आफै तोडिन

इनेप्लिज २०८२ वैशाख २१ गते १६:२० मा प्रकाशित

अमेरिकी प्रसिद्ध पौडीवाज केटी लेडेकीले गत शनिबार पौडी प्रतियोगितामा एक चमकदार प्रदर्शन गर्दै ८०० मिटर फ्रीस्टाइल(स्वतन्त्र शैली पौडी) मा विश्व किर्तिमान कायम गर्न सफल भएकी छन् । जुन रेकर्ड अर्थात् अभिलेख उनले २०१६ को रियो ओलम्पिकमा स्थापित गरेकी थिइन्।

उनीले फ्लोरिडाको लडरडेलमा आयोजित पौडी प्रतियोगितामा ८:०४.१२ को समय निकाल्दै आफ्नो पुरानो किर्तिमानबाट ६ दशमलव शून्य १ सेकेन्ड कम गरिन। यससँगै उनले आफ्नो प्रतिस्पर्धीलाई २० सेकेन्डभन्दा बढी पछि पार गरिन्। अहिले उनी यस कार्यक्रममा शीर्ष १० मा सबैभन्दा राम्रो समय प्राप्त गर्ने बनिसकेकी छन्।

१३ वर्षको उनको लामो यो पेशामा लेडेकीले लामो दूरीको फ्रीस्टाइल स्विमिंग(स्वतन्त्र शैली पौडी)मा एकपछि अर्को किर्तिमान (रेकर्ड) बनाइरहेकी छन् ।

उनी फेरि उचाइमा पुग्न सफल भएकी छन् । बुधबार, उनले १५०० मिटर फ्रीस्टाइल(स्वतन्त्र शैली पौडी)मा दोस्रो सर्वोत्तम समय स्थापित गर्दै १५:२४.५१ मा दूरी पूरा गरिन्, र त्यसको ठीक ३ दिनपछि विश्व किर्तिमान बनाइन्।

“म हाँस्न सक्दिन, यो सप्ताहभरि त्यस्तो भएको छ, त्यसैले यो नयाँ होइन,” उनले प्रतियोगिता पछि भनिन् । “यो मेरो लागि धेरै वर्षको मेहनत हो र आज राति यसलाई पुरा गर्न पाउँदा अविस्मरणीय लाग्छ।” उनले बाजी मारे पछि लेडेकीले हातले पानीमा हिर्काउँदै आफ्नो जीत प्रदर्शन गरिन्।

अनि, सोही दिन उनको सहकर्मी ग्रीचेन वाल्शले १०० मिटर बटरफ्लाई(पुतली शैली पौडी )मा ५५ सेकेन्डभन्दा कम समय निकालेर महिला विश्व किर्तिमान बनाइन्, उनले ५४.६० सेकेन्डको समय निकालेकी थिइन्।

प्रतिक्रिया