अमेरिकाको मेरिल्याण्ड राज्यको हार्फोर्ड काउन्टीका एक पादरीमाथि चर्चबाट १,००,००० डलर भन्दा बढी रकम चोरेको आरोपमा मुद्दा दायर गरिएको छ।
फर्स्ट बाप्टिष्ट गिर्जाघर( चर्च)का पादरी ड्यानियल च्याम्पमाथि ठगी र धन अपचलनको अभियोग लागेको हो।
सिविएसन्यूजका अनुसार चर्चको एक सदस्यले नाम नखुलाउने शर्तमा भने, “उनीहरू बैठकहरू बोलाउँथे तर कारण खुलाउँदैनथे, र एक्कासि पादरी गायब भए।”
हार्फोर्ड काउन्टी शेरीफ कार्यालयका अनुसार गत अक्टोबरमा गिर्जाघरका अधिकारीहरूले बैंक खातामा शंकास्पद कारोबार र रकम हराएको देखेपछि अनुसन्धान सुरु भएको थियो।
अभियोगपत्र अनुसार चोरी जनवरी २०१९ मा सुरु भएको र २०२४ मा पक्राउ परेसम्म निरन्तर चलिरहेको थियो।
अनुसन्धानकर्ताहरूका अनुसार पादरी च्याम्पले डोरड्यास, पेपाल र खेल सट्टाबाजी जस्ता व्यक्तिगत खर्चमा १,३५,००० डलर भन्दा बढी खर्च गरेका थिए।
एक अन्य गिर्जाघरका एक सदस्यले भने, “हामीलाई वास्तविकता किन बताइएन? त्यो पैसा त जनताको हो।”
चर्चले सार्वजनिक रूपमा अपराधको विषयमा केही भनेको छैन। पत्रकारहरूको अनेकौं प्रयासपछि पनि गिर्जांबरबाट कुनै प्रतिक्रिया प्राप्त भएको छैन।
अब पादरी च्याम्पलाई चर्चको सम्पत्तिबाट ६० दिनभित्र सर्न आदेश दिइएको छ र उनलाई गिर्जाघरको बैंक खाताबाट हटाइएको छ।
उनको मुद्दा सुनुवाइ अर्को महिनामा तय गरिएको छ।
प्रतिक्रिया