ट्रम्प प्रशासनको कडा निर्णयपछि कोलम्बिया विश्वविद्यालयबाट करिब १८० कर्मचारीहरु बर्खास्त

इनेप्लिज २०८२ वैशाख २४ गते १:५६ मा प्रकाशित

बिश्व कै चर्चित कोलम्बिया विश्वविद्यालयले ट्रम्प प्रशासनले ४०० मिलियन डलरको संघीय अनुदान रद्द गरिएपछि करिब १८० कर्मचारीहरूलाई जागिरबाट हटाइएको घोषणा गरेको छ ।

कार्यवाहक अध्यक्ष क्लेयर शिपम्यानले भनिन्, “हामीले अनुसंधानसँग सम्बन्धित बजेटहरूमा कठोर निर्णयहरू गर्नुपर्‍यो। लगभग २०% कर्मचारीहरू अनुदानबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित थिए।”

ट्रम्प प्रशासनले मार्चमा न्याय विभाग, स्वास्थ्य सेवा विभाग ,शिक्षा विभाग र सामान्य सेवा प्रशासन मार्फत कोलम्बियालाई अनुदान रोक्ने निर्णय गर्‍यो। विश्वविद्यालयले यहूदी विद्यार्थीहरूलाई यहूदीविरोधी दुर्व्यवहारबाट बचाउन असफल भएकोले ट्रम्प प्रशासनले रोकेको हो ।

यस कदमले विश्वविद्यालयको अनुसन्धान, छात्र सेवाहरू, कर्मचारी, र बिरामी सेवामा प्रत्यक्ष प्रभाव पार्ने बताइएको छ।

अप्रिलमा ट्रम्प प्रशासनको दबाबमा विश्वविद्यालयले अनुहार छोप्ने मुखावरण (मास्क )प्रतिबन्ध, ३६ क्याम्पस प्रहरीलाई थप अधिकार, र मध्य पूर्व , दक्षिण एसिया र अफ्रिकी अध्ययन विभाग तथा प्यालेस्टाइन अध्ययन केन्द्रमा एक वरिष्ठ शैक्षिक प्रशासक नियुक्त गर्ने निर्णय गर्‍यो।

३० अप्रिल २०२४ मा इजरायली बिरुद्ध प्रदर्शनकारीहरूले परिसरको ह्यामिल्टन सभाकक्षा तोडफोड गरेका थिए, जसले थप तनाव सिर्जना गर्‍यो।

शिपम्यानका अनुसार, “संघीय अनुदान भविष्यमा पुनः प्राप्त हुनेमा अनिश्चितता छ। बजेट कटौती र वित्तीय संकटबीच, हामीले कठिन तर आवश्यक निर्णय लिनु परेको हो।”

प्रतिक्रिया