ट्रम्पको आक्रोशपूर्ण सन्देश: न्यायाधीशहरू राष्ट्रघातमा तल्लिन,करको मुद्दामा राष्ट्रको शक्ति संकटमा

इनेप्लिज २०८२ जेठ १७ गते १:०६ मा प्रकाशित

वाशिङ्टन डीसी – राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतले राष्ट्रविरुद्ध निर्णय गरेको भन्दै तीव्र आक्रोश व्यक्त गरेका छन्।

आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत प्रकाशित गर्दै ट्रम्पले भने, “तीन जना न्यायाधीशहरूले अमेरिकालाई गम्भीर क्षति पुर्‍याउने निर्णय गरे। के यो केवल ‘ट्रम्प’ प्रति घृणाको परिणाम हो?”

ट्रम्पका अनुसार अदालतले राष्ट्रको सुरक्षाका लागि अत्यावश्यक भएका आयात शुल्क (टेरिफ)हरू अस्वीकार गर्‍यो। तर संघीय अपील अदालतको ११ न्यायाधीशीय समूहले सो निर्णयलाई हाललाई रोक लगाएको छ।

ट्रम्पले न्यायाधीशहरूको सिफारिसमा द फेडेरालिष्ट सोसाइटीले आफूलाई खराब सल्लाह दिएको भन्दै आलोचना गरे । लियोनार्ड लियोलाई ‘अमेरिकाविरोधी र धूर्त’ व्यक्तिका रूपमा चित्रण गरे।

ट्रम्पले शुल्कको प्रयोगले अमेरिकामा ट्रीलियन डलर भित्रिएको दाबी गर्दै भने, “यदि यो निर्णय टिक्यो भने राष्ट्रपतिको शक्ति नै समाप्त हुनेछ। त्यसपछि सयौ राजनीतिज्ञहरू बसेर अनिश्चित समयसम्म विवाद गर्लान्।”

ट्रम्पले अपिल अदालतको निर्णयलाई स्वागत गरे । र ,सर्वोच्च अदालतले चाँडै र निर्णायक रूपमा हस्तक्षेप गर्ने आशा व्यक्त गरे। अन्त्यमा ट्रम्पले भने, “राष्ट्रलाई आर्थिक आक्रमणबाट जोगाउने अधिकार राष्ट्रपतिसँग हुनैपर्छ – यसैबाट अमेरिका फेरि महान बन्नेछ ”

प्रतिक्रिया