नेपाल के पाकिस्तानको एलाई मा जान खोजेको हो :डा. अमरेशकुमार सिंह

बेद प्रसाद घिमिरे २०८२ वैशाख २४ गते १०:२७ मा प्रकाशित

स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले नेपाल के पाकिस्तानको एलाई (गठबन्धन) मा जान खोजेको हो भनेर प्रश्न उठाएका छन् । भारतसँग नेपालको खुला सिमाना भएकोले नेपालमा कुनै आतंकवादी गतिविधि नहोस भनेर सचेत हुनुपर्नेमा जोड दिए । उनले अहिलेको सरकारलाई अन्तर्राष्ट्रिय सम्बन्धको बारेमा अलिकतिपनि ज्ञान नभएको भन्दै परराष्ट्रमन्त्री डा. आरजु राणाको क्षमतामाथि प्रश्न उठाए ।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने,‘कतार एयरवेजबाट ११ जना पाकिस्तानी सेनाहरु जल, थल र वायु सेनाका नेपाल बोलाएको छ, के यो उपयुक्त बेला हो ? के हामी पाकिस्तानको एलाई बन्न खोजेको हो ? यसले हाम्रो छिमेकीसँग के असर गर्छ ? सरकारले यसको गम्भीरताको कहिल्यैपनि मापन गरेन । सरकार मात्र ठूला देशलाई जिस्काउने काम गर्छ, आफ्नो नागरिकलाई दुःखी बनाउने काम गर्छ ।’

उनले अहिलेको सरकार गठन भएदेखि नै छिमेकीसँग सम्बन्ध सुधार गर्न नसकेको टिप्पणी गरे । त्यही कारणले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुन नसकेको उनको दाबी छ । उनले अहिलेको समयमा भारतलाई जिस्काउनको लागि नेपाल सरकारले पाकिस्तानका तीनवटै विंगका सेनालाई नेपाल बोलाएकोमा प्रश्न उठाए थप भिडियो हेर्नुहोस

प्रतिक्रिया