खेम सेन्चुरी चलचित्र “कोशेढुंगा“मा

इनेप्लिज २०८२ वैशाख २२ गते २२:४३ मा प्रकाशित

लोकप्रिय गाएक तथा भ्वाईस अफ नेपालका जज खेम सेन्चुरीले चलचित्रमा समेत काम गर्ने भएका छन् । पुर्ण बहादुरको सारंगिका लेखक तथा निर्देशक सरोज पौडेलले आफ्नो निर्माणाधिन चलचित्र कोशेढुंगामा खेम सेन्चुरीले संगीत गरेको एउटा गीत रहने बताएका छन् । नेत्र अर्यालको शब्द रहने यो गीत तिज बिशेष हुने बताईएको छ ।

म त ढलेढले , सुर्ती माड्दा माड्दै , अरेली काडैले , कट्टा हान्दिन्छु , नमस्ते ढोगदिया , मायालाई पानको पात , मायाले आखै नलाउने , सोचे झै जिन्दगी रेनछ जस्ता दर्जनौ सुपरहिट गितमा संगीत र य्वर दिईसकेका गायक खेम सेन्चुरीका लोक लयमा आधारित गीतहरु ट्रेन्डिंगमा पर्ने गरेका छन् । चलचित्रमा सेन्चुरीको आगमनलाई अर्थपुर्ण रुपले हेरिएको छ ।

२/३ वटा चलचित्रमा खेम सेन्चुरीको गीत आउन सक्ने देखिएपनि भदौ १२ मा आउने भनिएको कोशेढुंगा खेमको पहिलो चलचित्र बन्न सक्ने देखिएको छ । हामीले नेपाली चलचित्रमा कमसेकम लोक लयको गीत एउटा मात्र भएपनि राख्नु पर्नेमा जोड दिनुपर्छ भन्दै चलचित्र कोशेढुंगाका मुख्य सल्लाहकार निदेश अधिकारीले कोशेढुंगा नेपाली माटो सुहाउदो चलचित्र बन्ने बताएका छन् ।

नरदेवी फिल्मसको प्रस्तुति रहेको फिल्ममा सरोज पौडेल निर्देशक छन् भने प्रेविल कँडेल र किशोर अनुराग निर्माताको रूपमा रहेका छन् । फिल्मका कार्यकारी निर्मातामा दिनेश खड्का हुन् ।

आर्यन सिग्देल, सुरक्षा पन्त , निति शाह , सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, प्रेविल कडेल चलचित्रमा मुख्य कलाकारका रुपमा रहने छन् ।

बाबु श्रेष्ठको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन र रिदम कँडेल र आषिश अविरलको संगीत रहने यो चलचित्रको अन्तराष्ट्रिय र डिजिटल राईट धेरै पहिले सेभेन सिजले किनिसकेको छ ।

प्रतिक्रिया