कर्तव्यनिष्ठता (Conscientiousness) र बिचारमा खुलापन (Openness) ल्याउने मूल्यहरू के हुन् र कसरि निर्माण गर्ने?

रामु विश्वकर्मा (पिएचडी, समाजशास्त्र) २०८२ वैशाख २४ गते १०:१६ मा प्रकाशित

मेरो २०८२ वैशाख ९ तारिखमा प्रकाशित लेखमा मैले व्यक्तित्वमा कर्तव्यनिष्ठता (Conscientiousness) र बिचारको खुलापन (Openness) हुनु अहिलेको समाजमा सफलहुन महत्त्वपूर्ण छ भनेर बताएको थिएँ। कर्तव्यनिष्ठता (जसमा व्यवस्थित, भरपर्दो, र केन्द्रित हुनु जस्ता कुरा पर्दछन) ले हामीलाई काममा राम्रो गर्न, स्वस्थ रहन, र अरूको विश्वास जित्न मद्दत गर्छ। तेसैगरी खुलापन (जसमा जिज्ञासु र नयाँ कुरामा उत्साहित हुनु जस्ता कुरा हुन्छन) ले हाम्रो रचनात्मकता बढाउँछ र विश्वव्यापी समाजमा अरूसँग जोडिन सहयोग गर्छ। यी गुणहरू व्यक्तित्वको पाँच-कारक मोडेलबाट आएका हुन् र हाम्रा मूल्यहरू संग पनि जोडिएका छन् । यो लेखमा मैले कर्तव्यनिष्ठता र खुलापन निर्माण गर्ने मूल्यहरू के के हुन र ति मूल्यहरुलाई कसरी निर्माण र internalize गर्न सकिन्छ भन्ने बारे थोरै छलफल गर्ने जमर्को गरेको छु ।

कर्तव्यनिष्ठता निर्माण गर्ने मूल्यहरू
कर्तव्यनिष्ठता आत्म-अनुशासन र जिम्मेवारीबहन बाट बढ्छ। आत्म-अनुशासन भनेको आफ्नो समय र कार्यहरुको ध्यान राख्नु हो, जस्तै घरि घरि social media र फोन चेक गर्नुको सट्टा घरको काम वा अन्य गर्नुपर्ने महत्वपुर्ण काम सक्ने निर्णय गर्नु। यसले तपाईंलाई योजना बनाउन, लक्ष्यमा अडिग रहन, र काम पूरा गर्न मद्दत गर्छ। जिम्मेवारी भनेको अरूप्रति कर्तव्य महसुस गर्नु हो — जस्तै कामको समयसीमा पूरा गर्नु, वा घर छिमेकमा सहयोग गर्नु। यो कर्तव्यले तपाईंलाई अरूले भरोसा गर्न सक्ने व्यक्ति बनाउँछ।

आत्म-नियन्त्रण र अरूको ख्याल गर्ने मूल्य मान्ने व्यक्तिहरू बढी कर्तव्यनिष्ठ हुन्छन् भन्ने कुरा अध्ययनहरूले देखाउँछ। मेहनत गरेर लक्ष्य हासिल गर्न विश्वास गर्नेहरूले पनि निरन्तर प्रयास गरेर यो गुण विकास गर्न सक्छन।

बिचारमा खुलापन जगाउने वा विकास गर्ने मूल्यहरू
खुलापन जिज्ञासा र आत्म-अभिव्यक्तिबाट आउँछ। जिज्ञासा भनेको नयाँ कुरा सिक्ने इच्छा हो, जस्तै नयाँ किताब पढ्ने वा साथीलाई उनको जीवनबारे सोध्ने। यसले हामीलाई नयाँ तरिकाले सोच्न प्रोत्साहन गर्छ। आत्म-अभिव्यक्ति भनेको आफ्ना विचारहरू लेख्ने, कुराकानी वा छलफल मार्फत बाँड्नु हो, र फरक सोच्न ठीक छ भनेर महसुस गर्नु पनि हो ।

आफ्नै विचारहरू सिर्जना गर्न रुचाउनेहरू स्वतन्त्र सोचलाई महत्त्व दिने भएका व्यक्तिहरु बढी खुला हुन्छन् भन्ने कुरा अनुसन्धानले देखाउछ । पश्चिमी युरोपजस्ता ठाउँहरूमा, जहाँ रचनात्मकतालाई उत्सवको रूपमा लिइन्छ, मानिसहरू प्रायः खुला दिमागका हुन्छन्।

यी मूल्यहरू किन महत्त्वपूर्ण छन्?
कर्तव्यनिष्ठताले हामीलाई कठिन काममा सफल हुन र स्वस्थ हुन सहयोग गर्ने बानीहरू, जस्तै राम्रो खाने वा व्यायाम गर्ने, कायम राख्न मद्दत गर्छ। खुलापनले रचनात्मक विचारहरूलाई प्रेरणा दिएर र अरूलाई बुझ्न सहयोग गरेर जीवनलाई रोमाञ्चक बनाउँछ, जुन आजको विविध कार्यस्थल र समाजमा निकै महत्त्वपूर्ण छ। यी मूल्यहरू बढाएर हामी बढी भरपर्दो र कल्पनाशील बन्न सकिन्छ, जसले हाम्रो जीवनमा ठूलो प्रभाव पार्न सक्छ ।

यी मूल्यहरू बढाउने सजिलो तरिकाहरू
दैनिक जीवनमा कर्तव्यनिष्ठता र खुलापन बलियो बनाउन बिकाश तथा अपनाउन सकिने तरिकाहरू यस प्रकार छन्:

१. कर्तव्यनिष्ठताका लागि आत्म-अनुशासन अपरिहार्य हुन्छ । आत्म-अनुशासन बिकास गर्न निम्न कुरा गर्न सकिन्छ ।

सानो कार्यबाट सुरु गर्ने: एउटा सानो तर महत्वपुर्ण काम छान्नुहोस्, र त्यो काम फत्ते गर्नुहोस्। साना सफलताहरूले अनुशासन बढाउँछ।

दिनको योजना बनाउने: हरेक बिहान कम से कम एउटा महत्त्वपूर्ण काम नोट गर्नुहोस र कहिले सम्म गर्ने भनेर निर्णय गर्नुहोस्। नोटबुक वा टुडोइस्ट (Todoist) जस्ता एप प्रयोग गरेर कामहरु लाइ ब्यबस्थित संग document गर्न सक्नु हुन्छ।

सानो सानो जितको celebrate गर्ने: हप्ताको अन्तमा तपाईंले पूरा गरेको कामहरु लेख्नुहोस्। आफ्नो कामको सफलता देख्दा रमाइलो लाग्छ र थप उत्प्रेरणा मिल्छ।

२. कर्तव्यनिष्ठताका लागि जिम्मेवारी बढाउन पनि अत्यन्त जरुरि हुन्छ । जिम्मेबारीपन बिकाश गर्न निम्न कुरा हरु गर्न सकिन्छ ।

बाचा पूरा गर्ने: आफुले दिएको बाचा, जस्तो कि साथीलाई म तिमीलाई कफीमा भेट्छु भनेर भन्नु भएको छ भने, त्यो अबस्य पुरा गर्नुहोस्। यसले विश्वास बढाउँछ।

अरूलाई सहयोग र समर्थन गर्ने: सहकर्मी वा छिमेकीलाई सहयोग गर्नुहोस्। अरूलाई सहयोग गर्दा तपाईं बढी जिम्मेवार बन्नुहुन्छ।

३. खुलापनका लागि जिज्ञासा जगाउनुहोस् । जिज्ञासा जगाउन निम्न कुरा हरु गर्न सकिन्छ ।

नयाँ कुरा प्रयास गर्ने: हरेक हप्ता एउटा नयाँ कुरा गर्नुहोस् — फरक किताब पढ्ने, नयाँ परिकार पकाउने, वा नयाँ ठाउँ घुम्ने।

प्रश्न सोध्ने: रोचक कुरा सुन्दा “यो किन?” वा “यो कसरी काम गर्छ?” भनेर सोध्नुहोस्। यसले जिज्ञासा जीवित राख्छ।

अरूसँग कुरा वा सूचना share वा छलफल गर्ने: स्थानीय समूहमा सामेल हुनुहोस् वा अनलाइनमा नयाँ कुराबारे कुराकानी गर्नुहोस्। अरूको दृष्टिकोणले दिमाग खुल्न सहयोग हुन्छ।

४.खुलापनका लागि आत्म-अभिव्यक्ति प्रोत्साहन गर्नु पनि अत्यन्त जरुरि हुन्छ । सो गर्न को लागि,

    स-सानो बस्तु तथा विचार सिर्जना गर्ने: दिनमा पाँच मिनेट लेख्ने, चित्र कोर्ने, वा गाउने गर्नुहोस्। यसले विचार बाँड्नमा आत्मविश्वास बढाउँछ।

    आफ्ना विचार बाडने: साथीभाईसंग आफ्नो विचार share गर्नुहोस, वा सामाजिक सञ्जाल जस्ता ठाउँमा आफ्नो comfort level अनुसार विचार राख्नुहोस् ।

    आफ्नो विशिष्टताको कदर गर्ने: हप्तामा एकपटक, तपाईंलाई आफ्नो सोचको एउटा कुरा मनपर्ने लेख्नुहोस्। यसले तपाईंका विचारहरू महत्त्वपूर्ण छन् भन्ने सम्झाउँछ।

    चुनौतीहरू र सामना गर्ने तरिका
    आत्म-अनुशासन, जिम्मेवारी, जिज्ञासा, र आत्म-अभिव्यक्तिमार्फत कर्तव्यनिष्ठता र खुलापन निर्माण गर्न सकिन्छ र सो गर्नाले आजको समाजमा हाम्रो जीवन सफल तरिकाले अगाडि बढाउन सजिलो हुन्छ। तर यी गुण र मान्यताहरु (values) विकास गर्न सजिलो नहुन सक्छ। सामाजिक सञ्जालजस्ता कुराहरु बाट हरेक घडी हुने distractions ले आत्म-अनुशासन बनाउन गाह्रो हुन्छ । तेसैगरी जिम्मेवारीपनले अरूलाई पहिलो राख्न, योजना बनाउन र कामहरु अनुशासन पूर्ण तरिकाले सिध्याउनु पर्ने कुरामा जोड दिन्छ । सोचबिचारको खुलापनले नया कुरा सिक्न, अनुभव गर्न र विचार बाँड्न जोड दिन्छ जुन सबै जनालाई सजिलो नलाग्न सक्छ। तर माथि लेखिए जस्तै साना साना कदमहरू अगाडी सफलता पुर्वक बढायो भने यी चुनौतीहरू पार गर्न सकिन्छ।

    यी सबै कुरालाई समाहित गरेर मैले सानो YouTube video पनि बनाएको छु । अंग्रेजीमा कुरा बुझ्न सजिलो मान्नेहरुले यो video अबस्य हेर्नु होला । तेसैगरी यो लेखमा वा video मा केहि प्रतिक्रिया भए अबश्य कमेन्ट गर्नु होला ।

    प्रतिक्रिया