हुथी  विद्रोहीहरू शान्तिको लागि तयार रहेको ट्रम्पद्वारा खुलासा: क्यानडाली प्रधानमन्त्रीको जवाफ – “क्यानडा बिक्रीमा छैन”

इनेप्लिज २०८२ वैशाख २३ गते १६:५५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार राति हुथीहरु लड्न नचाहेको खुसासा गरे ।

उनले भने उनीहरूले लडाइँ रोक्ने निर्णय गरेका छन्, र हामी त्यसको सम्मान गर्नेछौं। हामी बमबारी बन्द गर्नेछौं।” ट्रम्पले थपे, 

उनीहरूले अब जहाजहरूमा आक्रमण नगर्ने बताएका छन्। र हामी उनीहरूको कुरामा विश्वास गर्छौं र हाम्रो सैन्य कारबाहीको उद्देश्य पनि यही थियो,उनले भने ।

यसैबीच, ओभल कार्यलयमा क्यानडाली प्रधानमन्त्री मार्क कार्नीको स्वागत गर्दै ट्रम्पले उनलाई हालैको निर्वाचन जितको लागि बधाई दिए। ट्रम्पले मजाक गर्दै भने, “सायद म नै उनको जितको ठूलो कारण हुँ, तर म सम्पूर्ण श्रेय लिन सक्दिन।” 

 ट्रम्पले अमेरिकाले क्यानडाको निर्वाचन चासोपूर्वक हेरिरहेको बताए । तर क्यानडाली प्रधानमन्त्री कार्नीले ट्रम्पको बारम्बार “क्यानडालाई ५१औं राज्य बनाऔं” भन्ने प्रस्तावमा कडा जवाफ दिए। 

उनले भने, “रियल स्टेटमा केही ठाउँ बिक्रीमा हुँदैनन्। क्यानडा बिक्रीमा छैन, र कहिल्यै हुने छैन।” तर उनले सहकार्यको ढोका खुला रहेको जनाउँदै भने, “हामीले विगतमा पनि सहकार्य गरेका छौं, र भविष्यमा पनि सकिन्छ।”

राष्ट्रपति ट्रम्पले अर्को साता मध्यपूर्व भ्रमण गर्नुअघि बिहीबार वा शुक्रबारसम्ममा एउटा ठूलो घोषणा गर्ने संकेत पनि दिए।

प्रतिक्रिया