इजरायली सेनाले यमनको राजधानी सानाामा शक्तिशाली हवाई आक्रमण गरिरहेको छ भन्ने समाचार हुथी समूहद्वारा सञ्चालित अल-मसिराह दूरदर्शन र इजरायली सैन्य स्रोतहरूले पुष्टि गरेका छन्।
ती आक्रमणमा सानाको अन्तर्राष्ट्रिय विमानस्थललाई मुख्य निशाना बनाइएको छ।
“केही समयअघि, इजरायली वायु सेनाका लडाकु विमानहरूले सानाको मुख्य विमानस्थलमा हुथी आतंकवादी संरचनामाथि आक्रमण गरी पूर्ण रूपमा असक्षम बनाएका छन्,” इजरायलीले सेनाले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
साथै, सानााको क्षेत्रमा रहेका प्रमुख विद्युत केन्द्रहरूलाई समेत आक्रमण गरिएको जानकारी दिइएको छ।
इजरायली सेनाले यसअघि यमनको अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गर्दै अभूतपूर्व रूपमा खाली गराउने चेतावनीसमेत जारी गरेको थियो।
यो इजरायली रक्षा बलले यमनमा जो इजरायलबाट १,००० माइलभन्दा टाढा पर्छ।
पहिलोपटक खाली गराउने चेतावनी जारी गरेको हो।यस आक्रमणले इजरायली र हुथी विद्रोहीहरू बीचके तनाव थप चर्किएको संकेत दिएको छ। यमनको आकाशमा इजरायली हस्तक्षेप बढ्दो खतरा र क्षेत्रीय अस्थिरताको नयाँ संकेतको रूपमा हेरिएको छ।
प्रतिक्रिया