न्यूयोर्कमा सम्पन्न फस्ट टप शप काठमाडौ ८८४८ म्युजिक एण्ड फिल्म अवार्ड युएसए(संगित तथा चलचित्र पुरस्कार )समारोहमा दर्जनौ दर्जन नेपाली कलाकारहरूलाई भव्यता साथ सम्मान तथा पुरस्कार वितरण गरियो ।
आयोजक फस्ट टप शप काठमाडौँ रहेको थियो । समारोहमा नेपालका प्रथम पप गायक ओम विक्रम बिष्ट तथा गायक ,संगित निर्देशक शम्भुजीत बास्कोटालाई जीवनकाल उपलब्धि(लाइफटाइम अचिभमेन्ट )द्वारा सम्मान गरियो ।
नेपाली चलचित्रका युवा निर्देशक शंकर घिमिरेलाई तेल भिसाका लागि सर्वश्रेष्ठ निर्देशक भएका छन् भने नायिका निति शाह ज्वाई साहेबका लागि उत्कृष्ट नव-अभिनेत्री भएकी छिन । त्यस्तै तेल भिसाकै लागि ऋचा घिमिरे सहायक अभिनेत्री घोषित भएकी छिन् ।
यो कार्यक्रमको उद्घाटन कार्यक्रम संचालकले तीन प्रमुख आयोजकहरू पशुपति श्रेष्ठ,राजेश हमाल(गायक), र लकेश श्रेष्ठ लाई स्वागत गर्दै गरेका थिए । पशुपति श्रेष्ठले औपचारिक स्वागत मन्तव्य दिँदै थप चार अतिथिलाई मञ्चमा आमन्त्रण गरे। कार्यक्रममा आयोजकहरुमा रेवेल इभेन्ट्स,बुद्ध ट्याक्स एकाउन्टीङ्ग र सतीसाल इन्टरनेसनल एलएलसी रहेका थिए भने यिनीहरुका संचालक क्रमस गायक राजेश हमाल, पशुपति श्रेष्ठ र लकेश श्रेष्ठ हुन् ।
कार्यक्रम अमेरिकी राष्ट्रगान र नेपाली राष्ट्रगान बजाइ सुरु गरियो । त्यस पछि सांगीतिक प्रस्तुति गरिएको थियो । गायक गायिकाहरुमा क्रमस मोहन भुसाल,रीमा गुरुङ होडा,मालिका कार्की, सन्तोष लामा,अनिश (ओकली) तथा सशी रावलले प्रस्तुत गरेका थिए ।
त्यस्तै कलाकार, संगीतकार र चलचित्रकर्मीहरुलाई सम्मान गरियो । सम्मानित हुनेहरुमा क्रमस प्रकाश गुरुङ (गायक),मदन सिंह नेपाली (गायक/संगीतकार) प्रकाश श्रेष्ठ (गायक),नारायण पुरी (निर्देशक) ,सुशील क्षेत्री (अभिनेता) ,पूजा आर. लामा पूजा चन्द (अभिनेत्री),राम श्रेष्ठ (गायक), बीमा कुमारी दुना (गायिका) ,राजिव श्रेष्ठ (फोटोग्राफर),सपना परियार (गायिका) राजेन्द्र कर्ण (संगीतकार)तथा नुच्चे डंगोल (संगीतकार) रहेका थिए । लोक गायिका उत्कृष्टमा सुनिता दुलाल घोषित भएकी छन् ।
यसै गरि दिपेश किशोर भट्टराई तथा मदन सिंह नेपालले पनि प्रस्तुति गरेका थिए ।
विदेशमा रहेका नेपाली संगीतका गोल्डेन स्टारहरूलाई पनि सम्मान गरिएको थियो जसमा राजु लामा(एन्जल ब्याण्ड),दिपेश किशोर भट्टराई,जेम्स प्रधान,सञ्जीव प्रधान, रीमा गुरुङ होडा, हरी कर्माचार्य ,तिलक बम मल्ल , अनिश ओकली तथा मोहन भुसाल रहेका थिए ।
चलचित्र तर्फ विजेताको साथै उपस्थित रहेकाहरुमा शंकर घिमिरे-सर्वश्रेष्ठ निर्देशक (तेल भिसा), निति शाह – उत्कृष्ट नव-अभिनेत्री (ज्वाई साहेब),रिचा घिमिरे – सहायक अभिनेत्री (तेल भिसा) , प्रशान्त ताम्राकार – नकारात्मक भूमिका (ह्रस्व दीर्घ) तथा अञ्जय खड्का– सम्पादन (तेल भिसा) रहेका थिए ।
उपस्थित नभएका विजेता कलाकारहरूमा क्रमस विजय बराल – सर्वश्रेष्ठ अभिनेता (पूर्ण बहादुरको सारङ्गी), केदार घिमिरे – हास्य अभिनेता (छक्का पञ्जा ५),स्वस्तिमा खड्का – सर्वश्रेष्ठ अभिनेत्री (मेघौलिकी बेहुली), पुरुषोत्तम प्रधान – छायांकन (महाजात्रा) समीर भट्ट – नव–अभिनेता (१२ गाउँ), शम्भला– वर्षको उत्कृष्ट चलचित्र ,प्रशान्त शिवाकोटी – संगीत निर्देशक ,समीक्षा अधिकारी – पार्श्व गायिका (बोक्सीको घर),आशीष अविरल – पार्श्व गायक (पूर्ण बहादुरको सारङ्गी)आर्यन सिग्देल – सहायक अभिनेता ,पूर्ण बहादुरको सारङ्गी – ब्लकबस्टर चलचित्र, दयाहाङ राई – लोकप्रिय अभिनेता तथा रुकुम माइकोट (खुस्मा) – लोकप्रिय गीत रहेका थिए ।
संगीत पुरस्कार विजेता (उपस्थित)हुनेहरुमा क्रमस राहुल शाह – लोकप्रिय कोरियोग्राफर (“आगो लाई दिन्छु”),आश्रा कुँवर – लोकप्रिय पप युगल गीत (“इतिहास तिम्रो मेरो”) ,रामजी खाँड – लोक युगल गायक (“बन्दिपुर सोल्टिनी”) तथा सुनीता दुलाल (सजना महर्जनमार्फत) – लोक युगल गायिका रहेका थिए ।
उपस्थित नभएका विजेताहरुमा कुमा सागर – उत्कृष्ट ब्यान्ड,सुसान्त केसी – गायक (“बर्दली”) ,त्रिशना गुरुङ – गायिका (“नाम के हो भन”),बाबु कृष्ण – लोक दोहोरी गायक ,केम सेन्टुरी, दीपिका बायम्बु मगर – लोक दोहोरी युगल,शान्तिश्री परियार – लोक दोहोरी गायिका,जी बब (G Bob) – र्याप (“चिल मा”)दुर्गेश थापा – लोकप्रिय गीत (“दुश्मन हेरको हेरै”),सुभ्रत आचार्य – म्युजिक भिडियो निर्देशक,अकेशा बिष्ट – मोडल (“तिमीलाई”),कृष्ण भण्डारी – सम्पादन (“एक्लै भए पनि”) तथा रुपेश थापा – छायांकन रहेका थिए ।
यसै गरि निर्णायकहरुमा विशेष पुरस्कार रवि किरण अधिकारी टेक्सस उत्कृष्ट गीतकार पुरस्कार तथा मानव बेचबिखन विरुद्धको भावनात्मक गीत लेखनको लागि सम्मानित गरियो ।
जीवनकाल उपलब्धि सम्मान (लाइफटाइम एचिभमेन्ट अवार्ड) नेपालका प्रथम पप गायक ओम विक्रम बिष्टलाई सम्मान गरियो ।
उनलाई किन सम्मान गरियो : किनभने ओम बिक्रम बिष्टले :
– १० वर्षको उमेरदेखि संगीत यात्रा सुरु गरेका थिए ।
– “म मौनतामा,” “मेरो रहर,” “सुनचाँदी भन्दा,” जस्ता कालजयी गीतहरू प्रस्तुति दिएका छन् ।
– “फ्लो ” एल्बमबाट “फुटेको भाग्य” लगायत धेरै चर्चित गीत पस्केका छन्
त्यस्तै गरि वरिष्ठ गायक तथा संगीत निर्देशक शम्भुजीत बास्कोटालाई पनि सम्मान गरियो ।
किन सम्मान गरियो : किनभने शम्भुजीत बास्कोटाले :
– २,०००+ गीत र ३५५ चलचित्रहरूमा संगीत दिई सकेका छन् ।
– पहिलो नेपाली संगित श्रब्य दृश्य (म्युजिक भिडियो) “मायालु तिमी टाढा” (भुवन केसी)द्वारा गाइएको थियो ।
– “ठूला दाई ,” “करोडपति,” “प्रेम पिण्ड” का चर्चित संगीतकारमा संगीत दिएका छन् ।
– नेपाल आइडलको निर्णायक (मौषम ४) हुन् ।
– र चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष पनि हुन् ।
यसै गरि नृत्य र संगीत प्रस्तुति गर्ने कलाकारहरुमा क्रमस राहुल शाह (नृत्य) ,राम श्रेष्ठ ,आशा कुँवर ,रामजी खाँड ,जेम्स प्रधान र ग्लुमी गाइज रहेका थिए । त्यस्तै योगदान पुरस्कार जुबिली शेर्पा तथा निर्णायक पुरस्कार हसन राजालाई प्रदान गरिएको थियो ।
प्रतिक्रिया