केसी डान्स सेन्टर साथै कलिवुड नाइट परिवारबाट नेपालमा सहयोग
डिसी । अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित केसी डान्स सेन्टर साथै कलिवुड नाइट परिवारले नेपालमा आर्थिक सहयोग गरेको छ । सन् २०१७ मा स्थापना भएको केसि नृत्य केन्द्र (सेन्टर)ले कला र संस्कृतिलाई जगेर्ना र प्रवर्द्धन गर्न त्यतिकै राम्रो भूमिका निर्वाह गर्दै आई रहेको छ ।
कलिवुड नाइट नामक कार्यक्रम मार्फत नेपाली समुदायलाई दशैँ तिहारको सेरोफेरोमा बिशुद्ध मनोरंजन प्रदान गर्नुको साथै कार्यक्रमबाट संकलन भएको केही रकम सामाजिक सेवामा पनि सहयोग गर्दै आएको छ ।
यसै क्रममा गत बर्ष २०१९ मा सम्पन्न कलिवुड नाइट २०१९ बाट उठेको रकम मध्ये खर्च कटाएर यस पटक काठमाडौँ बुढानिलकण्ठ स्थित पवित्र समाज सेवालाई ५० हजार नेपाली रुपैया सहयोग गरेको छ । उक्त रकम गत फेब्रुअरी ४ का दिन नबिन केसीका भाई सुमन केसीको हातबाट उक्त संस्थाका संचालिका दिक्षा चापागाईलाई हस्तान्तरण गरेका छन् ।
संस्थाकी संचालिका चापागाईले केसी डान्स सेन्टर परिवारलाई जिन्दगी नाँच्नै गाउदै अगाडि बढाउन सकौ र त्यो अरुको लागि केही गर्नु पर्छ भन्ने परोपकारी मन, दया, मायाले भरीएको मनमा कहिल्यै खडेरी नपरोस भनि बिशेष धन्यवाद दिएकी छिन् ।
केसी डान्स सेन्टर तथा कलिवुड नाइट परिवारले सन् २०१८ मा पनि चितवन मंगलपुर अवस्थित चेपाङ्ग संरक्षण केन्द्रलाई पनि आर्थिक सहयोग गरेको थियो । केसी डान्स सेन्टरले अमेरिकामा जन्मिएका अनि अमेरिकामा बसोबास गर्दै आएका साना साना बालबालिकादेखि सबै उमेरका नृत्य सिक्न इच्छुक व्यक्तिहरुलाई नृत्य प्रशिक्षण दिनुको साथै नेपाली कला र संस्कृतिको जगेर्ना गर्दै आएको केन्द्रले नृत्य सिकाउने कार्यमा मात्र नभई सामाजिक कार्यमा पनि हात बढाउदै आई रहेको छ ।
यसै बर्ष चौथो कलिवुड नाइट २०२० लिएर केसी डान्स सेन्टर आउदै छ ।
बाल्टिमोरको गोर्खाली फुटबल क्लबको आधिकारिक जर्सी (गन्जी)अनावरण कार्यक्रम सम्पन्न
अमेरिकाको डिसी क्षेत्रमा आयोजना हुने दशैँ–तिहार महोत्सव २०२२ मा १९७४ एडीका गायक एड्रियन प्रधानको प्रस्तुति हुने
अमेरिकामा गौरा प्रर्दशनी हुने
मगर संघ अमेरिकाको आठौं साधारणसभा सम्पन्न ,आपतकालीन राहत कोषको घोषणा
एचडिएनपी अन्तर्राष्ट्रियले कोषवृद्धि बार्षिक गाला कार्यक्रम गर्दै
प्रतिक्रिया