अध्यावधिक गरिएको :अहमदाबाद विमान दुर्घटनाले भारत स्तब्ध : प्रधानमन्त्री मोदी र बेलायती विदेशमन्त्री लाम्मीको भावुक प्रतिक्रिया

इनेप्लिज २०८२ जेठ ३० गते ११:१५ मा प्रकाशित

अहमदाबाद विमानस्थलबाट लन्डन गन्तव्यतर्फ उडेको एयर इण्डिया उडान एआइ १७१ बिहीबार दुर्घटनाग्रस्त हुँदा सम्पूर्ण भारत शोकमा डुबेको छ।
विमानमा सवार २४२ यात्रु र चालकदलको जीवन संकटमा परेको यस दुर्घटनाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायलाई स्तब्ध बनाएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्स मार्फत गहिरो दुःख व्यक्त गर्दै लेखेका छन्, “अहमदाबादको यो दुर्घटनाले हामी सबैलाई स्तब्ध र अत्यन्त दुःखी बनाएको छ। यसलाई शब्दमा व्यक्त गर्न गाह्रो छ।”

उनले थप लेखे ,“यो दुःखद घडीमा म पीडितहरूप्रति संवेदना प्रकट गर्छु। प्रभावितहरूलाई सहयोग गर्न मन्त्रीहरू र सम्बन्धित निकायहरूसँग निरन्तर सम्पर्कमा छु।” प्रधानमन्त्रीले सम्बद्ध मन्त्री र उद्धार निकायहरूसँग निरन्तर सम्पर्कमा रही राहत प्रयासमा जुटिरहेको जानकारी दिएका छन्।

उक्त विमानमा १६९ भारतीय, ५३ बेलायती, ७ पोर्चुगाली र १ क्यानाडाली नागरिकहरु सवार थिए । दुर्घटनास्थलबाट बाक्लो कालो धुवाँ उठेको दृश्य, जलेका रुखहरू र उद्धारकर्मीहरूको व्यस्तता अत्यन्त पीडादायक देखिएको छ।

अमेरिकी बोइङ प्रतिष्ठानले दुर्घटनाको प्रारम्भिक विवरणबारे जानकारी लिँदै थप विवरण संकलन भइरहेको जनाएको छ। उता बेलायतका विदेशमन्त्री डेभिड लाम्मीले पनि यस दुर्घटनाबाट आफू “गहिरो दुःख” मा परेको उल्लेख गरेका छन् । यस दुखद घडीमा टाटा समूहले पीडित परिवारका लागि आपतकालीन सहायता केन्द्र पनि स्थापना गरेको छ।

अघिल्ला दुई वटा समाचार हेर्न यहाँ थिच्नु होला :

प्रतिक्रिया