एयर इन्डिया उडान १७१ को भयावह दुर्घटनापछि जहाँ सयौंको ज्यान गयो । तर अहिले सम्म चमत्कारिक रुपमा कम्तीमा एक यात्रु जीवित फेला परेको पुष्टि भएको छ। स्थानीय प्रहरीका अनुसार लण्डन ग्याटविकतर्फ उडेको विमानमा सीट ११ ए मा रहेका एक पुरुष यात्रु बाँच्न सफल भएका हुन्।
वरिष्ठ प्रहरी अधिकृत विधि चौधरीले रोयटर्सलाई बताएअनुसार, अझ केही अन्य यात्रुहरू पनि अस्पतालमा उपचाररत छन्, र उनीहरू पनि जीवित हुनसक्ने आशंका गरिएको छ।
हिन्दुस्तान टाइम्सका अनुसार जीवित यात्रुको नाम बेलायती नागरिक विश्वास कुमार रमेश हो । र, उनी हाल एक स्थानीय अस्पतालमा उपचार गराइरहेका छन्। आइएएनएसले सार्वजनिक गरेको उडान सूची अनुसार रमेशलाई सीट ११ ए तोकिएको थियो । र , उनी विमान चढेको पुष्टि भएको छ ।
रमेशले हिन्दुस्तान टाइम्स सँगको संक्षिप्त कुराकानीमा भने उडेको ३० सेकेन्डमै ठूलो आवाज आयो, अनि विमान खस्यो। सबै कुरा एकाएक भयो।
विश्वास रमेश आफ्ना परिवार भेट्न भारत आएका थिए । र , आफ्नो दाजुसँग फर्कंदै थिए। तर, उनका अनुसार दाजु अलग स्थान (सीट)मा थिए र उनी बाँचे वा बाँचेनन् भन्ने जानकारी छैन।
यो खबरले शोकमा डुबेका परिवार र विश्वभरिका मानिसहरूलाई एक आशाको किरण देखाएको छ। यद्यपि सयौंको मृत्युको पीडा मेटिन नसक्ने भए पनि एक जीवित आत्माको पुनर्जन्मजस्तै अनुभूति भएको धेरैले बताएका छन्।
बाँकी बाँचेका यात्रुहरूबारे थप खोजी र पुष्टि कार्य जारी रहेको प्रहरी र उद्धार टोलीले जानकारी दिएका छन्।
प्रतिक्रिया