ट्रम्पको इरानलाई चेतावनी: ‘अझ क्रूर’ हमलाअघि आणविक सम्झौता गर, नत्र केही बाँकी रहने छैन

इनेप्लिज २०८२ जेठ ३१ गते १०:३८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक सम्झौतामा सहमत हुन चेतावनी दिएका छन्। उनले ‘अझ क्रूर’ इजरायली हमलाहरू हुनुअघि नै सम्झौता गर्न सुझाव दिँदै अन्यथा ‘केही बाँकी नरहने’ बताएका छन्।

शुक्रबार बिहान आफ्नो सामाजिक संजाल;ट्रुथ सोसलमा प्रकाशित गर्दै ट्रम्पले लेखेका छन्, “इरानी नेताहरूलाई के हुन लागेको थियो भन्ने थाहा थिएन। उनीहरू अब सबै मरेका छन् !”

“ठूलो विनाश भइसकेको छ, तर यो नरसंहा अर्को योजनाबद्ध हमलाहरू अझ क्रूर हुनेछन्, सम्झौता अन्त्य गर्न अझै समय छ,” ट्रम्पले लेखेका छन् ।

इरानसँग नयाँ आणविक सम्झौताका लागि हालैका हप्ताहरूमा वार्ता तीव्र भएको थियो, तर युरेनियम संवर्धनको अधिकारमा इरानको अडान प्रमुख अवरोध बनेको थियो।

ट्रम्पको सामाजिक संजालमा लेखेका केही अंशहरु यस्ता छन् : मैले इरानलाई सम्झौता गर्न बारम्बार मौका दिएँ। मैले उनीहरूलाई कडा शब्दमा भने, ‘ यो गर,’ तर उनीहरूले जतिसुकै प्रयास गरे पनि, जति नजिक पुगे पनि, उनीहरूले यो गर्न सकेनन्।

केही इरानी कट्टरपन्थीहरूले बहादुरीका साथ बोले, तर उनीहरूलाई के हुन लागेको थियो भन्ने थाहा थिएन। उनीहरू अब सबै मरेका छन् । केही बाँकी रहनु अघि इरानले सम्झौता गर्नु पर्छ ।

प्रतिक्रिया