भारतको अहमदाबादबाट लण्डन ग्याटविकतर्फ उडेको एयर इन्डिया उडान १७१ दुर्घटनामा कम्तीमा २९० जनाको मृत्यु भएको पुष्टि गरिएको छ। यो विमान बी.जे. मेडिकल कलेज(चिकित्सा सँस्था)को छात्रावासमाथि खस्दा यात्रुहरूसँगै भवनभित्र रहेका दर्जनौं विद्यार्थीको पनि ज्यान गएको हो।
*राज्य प्रहरी अधिकारी विधि चौधरीले रोयटर्सलाई भनिन्, “झन्डै २९४ जनाको मृत्यु भएको पुष्टि भएको छ। यसमा केही चिकित्सा शास्त्रका विद्यार्थीहरू पनि परेका छन्, किनभने विमान सोही भवनमाथि खसेको थियो।”
भारतीय चिकित्सा संघको चिकित्सा विद्यार्थी संजालका स्वप्निल भालोडियाले यसअघि कम्तीमा ३ जना विद्यार्थीको मृत्यु र ३० जना घाइते भएको जानकारी दिएका थिए। यस त्रासदीमा भारतीय, बेलायती, क्यानाडेली र पोर्चुगाली नागरिकहरू परेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्हाइट हाउसमा पत्रकारसँग कुरा गर्दै भने यो विमान दुर्घटना अत्यन्तै भयावह थियो। राष्ट्रपति ट्रम्पले भारत सरकारलाई तुरुन्तै सहयोग गर्न तयार भएको बताए । उनले अगाडी भने भारत ठूलो र शक्तिशाली देश हो, उनीहरूले यो परिस्थितिको सामना गर्न सक्छन् भन्ने मलाई विश्वास छ।
राष्ट्रपति ट्रम्पले थपे मैले उनीहरूलाई केही सुझाव दिएको छु, तर त्यो म सार्वजनिक गर्न चाहन्न। हामी आपतकालीन आवश्यकतामा सिधै भारत पुग्न तयार छौं।
यो विनाशकारी दुर्घटनाले भारत मात्र होइन, सम्पूर्ण विश्वलाई स्तब्ध बनाएको छ। शोकमा डुबेका परिवारहरूका लागि संसारभरबाट प्रार्थना र सहानुभूति व्यक्त गरिँदैछ। यो मानवता र सहृदयताको परीक्षा लिने क्षण बनेको छ। दुनियाभरका सरकार, नेता र नागरिकहरू पीडितहरूको पक्षमा एकताबद्ध भइरहेका छन्।
प्रतिक्रिया