डोमिनिकन गणतन्त्रको राजधानी सान्टो डोमिङ्गोस्थित जेट सेट नामक रात्री क्लबमा गत मंगलबार राति भएको भीषण दुर्घटनामा कम्तीमा १८४ जनाको मृत्यु भएको छ। क्लबको छानो अचानक भत्किँदा दर्जनौँ घाइते भएका छन्। मृत्यु हुनेमा चर्चित डोमिनिकन गायक रुबी पेरेज (६९) र पूर्व मेजर लिग बेसबलका खेलाडी ५१ बर्षिय अक्टाभियो डोटेल पनि परेका छन्।
घटनाको समयमा पेरेजको सांगीतिक कार्यक्रम चलिरहेको थियो। प्रहरीका अनुसार, राति १२:३४ मा क्लबको छानो केही सेकेन्डमै भत्किएको थियो। बचाउ टोलीले भारी उपकरण प्रयोग गर्दै उद्धार कार्य जारी राखेको छ।
डोमिनिकन राष्ट्रपति लुइस अबिनाडरले भने, “हामी यो दर्दनाक घटनामा परेका सबैप्रति गहिरो समवेदना व्यक्त गर्छौं। सबै राहत निकायले उद्धार कार्यमा पूर्ण सहयोग गरिरहेका छन्।”
पूर्व एमएलबि खेलाडी डोटेललाई भग्नावशेषबाट निकालिए पनि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो। अर्का पूर्व खेलाडी ४४ बर्षिय टोनी ब्लान्कोको पनि मृत्यु भएको पुष्टि गरिएको छ। उनी वाशिङटन नेशनल्सका लागि खेलिसकेका थिए। मृतक मध्ये मोन्टक्रिस्टीकी गर्भनर नेल्सी क्रुज मार्टिनेज पनि थिइन्। उनी पूर्व एमएलबि खेलाडी नेल्सन क्रुजकी दिदी थिइन्।
प्रतिक्रिया