डोमिनिकन गणराज्यमा भयानक दुर्घटना: विश्वबिजेता बेसबल खेलाडी अक्टाभियो डोटेल सहित झण्डै १०० जनाको मृत्यु

इनेप्लिज २०८१ चैत २६ गते १०:५८ मा प्रकाशित

डोमिनिकन गणराज्यको एक रात्रीक्लबमा छाना खस्दा पूर्व बेसबल एमएलबीका खेलाडी अक्टाभियो डोटेल र टोनी ब्लाङ्कोको मृत्यु भएको पुष्टि गरिएको छ। यस भयानक घटनामा झण्डै १०० जनाले ज्यान गुमाएका छन्।

सान्टो डोमिङ्गोका स्थानीय डोटेल “जेट सेट” नामक रात्रीक्लबमा गायक रुबी पेरेजको प्रत्यक्ष प्रसारण (लाइभ )प्रस्तुति हेर्दै गर्दा छाना खस्न पुग्यो। सुरुवातमा उद्धारकर्ताहरूले डोटेललाई भग्नावशेषबाट निकालेर अस्पताल लगेका थिए, तर उपचारकै क्रममा उनको निधन भयो।

टोनी ब्लाङ्को, जसले सन् २००५ मा वाशिंगटन नेसनल्सका लागि एक मौषमका लागि खेलेका थिए, उनको पनि यो घटनामा निधन भएको छ । ब्लाङ्कोले आफ्नो अधिकांश पेशा जापान र अन्य खेल समूहमा बिताएका थिए।

डोटेलका प्रतिनिधि ड्यान होरविट्सले भने, “ ओडि ऊर्जावान र सकारात्मकताले भरिएका व्यक्ति थिए। उनी १३ वटा बिभिन्न खेलका लागि एमएलबी खेलाडीको रुपमा खेल्दै कीर्तिमानी इतिहास बोकेकोमा गर्व गर्थे।”

यस दुर्घटनामा एमएलबीका प्रख्यात खेलाडी नेल्सन क्रुजकी बहिनी र मोन्टेक्रिस्टीकी गर्भनर नेल्सी क्रुजको पनि मृत्यु भएको पुष्टि गरिएको छ। दुर्घटनापछि उनले राष्ट्रपति लुइस अबिनाडेरलाई दूरवार्ता (फोन) गरेर आफू थुनिएको बताएकी थिइन्।

एमएलबी आयुक्तरोब म्यानफ्रेडले एक वक्तव्यमा भने, “यो दुर्घटनाले डोटेल, ब्लाङ्को, क्रुज लगायत सम्पूर्ण पीडितका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछौं। डोमिनिकन गणराज्य र बेसबलबीचको सम्बन्ध निकै गहिरो छ।”

ह्युस्टन एस्ट्रोस क्लब, जसका लागि डोटेलले २०००-०४ सम्म खेलेका थिए । क्बलले पनि श्रद्धाञ्जली अर्पण गरेको छ।

प्रतिक्रिया