अध्यावधिक गरिएको :कोलोराडोमा १७२ जना यात्रु बोकेको अमेरिकन एयरलाइन्सको बिमानमा आगलागी ,यात्रुहरु चिप्लेटी खेल्दै बाहिर आए

इनेप्लिज २०८१ फागुन ३० गते १०:२५ मा प्रकाशित

अमेरिकाको कोलोराडो विमानस्थलमा १७२ जना यात्रु बोकेको अमेरिकन एयरलाइन्सको बिमानमा आगलागी भएको छ । यात्रुहरु चिप्लेटी खेल्दै बाहिर आई ज्यान बचाएका छन् ।

यो घटना गत बिहीबार भएको हो भने यान्त्रिक समस्या भएको कारण विमानलाई मोडिएको थियो ।

अमेरिकन एयरलाइन्स(बिमानसेवा)को एक विमान डेनभर अन्तर्राष्ट्रिय विमानस्थल कोलोराडोमा बिहीबार आगो लागेर दुर्घटनाग्रस्त भएको छ, जसका कारण यात्रुहरूलाई आपतकालिन चिप्लेटी ( स्लाइड)मार्फत विमानबाट बाहिर गएका थिए भने केही यात्रीहरु विमानको पंखामा उभ्याइएको थियो ।

विमानमा सवार १२ जना व्यक्तिलाई हल्का चोटपटक लागेको छ भने उनीहरुलाई अस्पतालमा पठाइएको विमानस्थलका अधिकारीहरूले बताएका छन्।

बोइङ ७३७-८०० विमानको उडान कोलोराडो स्प्रिंग्सबाट प्रस्थान गरेपछि डेनभरमा मोडिएको थियो। विमान द्वारमा पुग्दै गर्दा यन्त्रमा आगो लागेको थियो । जसको कारण यात्रुहरू आपतकालिन रुपमा विमानबाट बाहिर निस्केका थिए।

घटना स्थानीय समय अनुसार साँझ ५:१५ बजे भएको थियो । विमानस्थलको आकाशमा धुवाँ र ज्वाला फैलाएको थियो। यो विमानमा १७२ जना यात्रु र ६ जना बिमानचालकका सदस्यहरू थिए। कुनी दुर्घटना नभई सबै यात्रुहरूले विमान छोड्न सफल भए।

विमान २० मिनेटको उडान पछि डाइभर्ट(मार्ग परिवर्तन) गरिएको थियो । एक घण्टा भन्दा बढीको उडान पछि डेनभरमा अवतरण गरेको थियो।

प्रतिक्रिया