अध्यावधिक गरिएको :हेटीमा ७.२ को भूकम्पमा परि ७ सय भन्दा ज्यादाको मृत्यु , २८ सय भन्दा ज्यादा मानिस घाइते

इनेप्लिज २०७८ साउन ३१ गते १७:५२ मा प्रकाशित

पछिल्लो ताजा जानकारी अनुसार हेटीमा गत अगस्त १४ शनिबारका दिन बिहान आएको ७ दशमलव २ को भूकम्पमा परि अहिले सम्म कूल कम्तिमा ७ सय २४ जनाको मृत्यु भएको छ । हेटिको नागरिक सुरक्षा सेवाले जनाए अनुसार हाल सम्म २ हाजर ८ सय सय भन्दा ज्यादा मानिस घाइते भएका छन् ।

अहिले सम्म सबैभन्दा ज्यादा देशको दक्षिणमा मृत्यु संख्या ज्यादा रहेको छ । अहिले सम्म उक्त क्षेत्रमा ५ सय भन्दा ज्यादा मानिसको मृत्यु भै सकेको जनाइएको छ । भूकम्पको कारण अहिले सम्म २ हजार ८ सय ६८ घर धवस्त भएका छन् भने ५ हजार ४ सय १० घर भत्किएका छन् ।

भूकम्पको कारण घाइतेहरुलाई अस्पताल ल्याउनेको संख्यामा वृद्धि भएकोले सडक अबरुद्ध भएका छन् भने जसको कारण खाद्य आपूर्ति प्रभाव परेको छ ।

अहिले सबै भन्दा ठूलो समस्या भनेको ओखती आपूर्ति रहेको हेटीका प्रधानमन्त्रि एरिएल हेनरीले बताए । प्रधानमन्त्री हेनरीले भूकम्प आए पछि आपतकालीन अवस्थाको घोषणा गरेका छन् भने उनले एक महिना सम्म उक्त आपतकालीन घोषणा रहने जनाएका छन् ।

आपतकालिन अवस्था पश्चिमी विभाग, दक्षिणी विभाग, निप्पेस र ग्रान्ड एन्सेमा लागु गरिएको छ ।

अमेरिकी भूगर्व सर्वेक्षणका अनुसार उक्त भूकम्प सेन्ट लुइस दु सुद भन्ने स्थानबाट उत्तर पूर्वमा भूकम्प गएको थियो । भूकम्प उक्त स्थानको १० किमि मुनि गएको हो ।

भूकम्प बिहान करिव ८:३० मिनेटमा गएको थियो । सन् २०१० मा आएको भूकम्पमा परि २ लाख २० हजार भन्दा भन्दा ज्यादा मानिसहरुको मृत्यु भएको थियो ।

 

प्रतिक्रिया