अध्यावधिक गरिएको :हेटीमा ७.२ को भूकम्पमा परि ३०४ जनाको मृत्यु ,१८ सय भन्दा ज्यादा घाइते

इनेप्लिज २०७८ साउन ३१ गते २:१६ मा प्रकाशित

हेटीमा अगस्त १४ शनिबारका दिन बिहान आएको ७.२ को भूकम्पमा परि कूल कम्तिमा ३०४ जनाको मृत्यु भएको छ । हेटिको नागरिक सुरक्षा सेवाले जनाए अनुसार हाल सम्म १८ सय भन्दा ज्यादा मानिस घाइते भएका छन् ।

हेटीका प्रधानमन्त्री एरिएल हेनरीले भूकम्प आए पछि आपतकालीन अवस्थाको घोषणा गरेका छन् भने उनले एक महिना सम्म उक्त आपतकालीन घोषणा रहने जनाएका छन् ।

प्रधान मन्त्रि हेनरीले औषधि तथा स्वास्थ्यकर्मीहरु प्रभावित क्षेत्रमा पठाउन थालिएको बताए । उनले भने तत्काल विशेष हेरचाह चाहिने मानिसहरुको लागी, हामीले ती मध्ये निश्चित संख्यालाई निकालेका छौं, र हामी आज र भोलि केही अरूलाई त्यहाँबाट निकाल्ने छौं। ”

आपतकालिन अवस्था पश्चिमी विभाग, दक्षिणी विभाग, निप्पेस र ग्रान्ड एन्सेमा हुनेछ। हेटीको दक्षिण शहरको अस्पतालमा घाइते बिरामीहरूको घुइचो अत्यधिक बढेको छ । सेन्ट एन्टोनी अस्पतालका अनुसार अत्यधिक घाइतेहरू आई रहेको समाचार सिएनएनले लेखेको छ ।

अमेरिकी भूगर्व सर्वेक्षणका अनुसार उक्त भूकम्प सेन्ट लुइस दु सुद भन्ने स्थानबाट उत्तर पूर्वमा भूकम्प गएको हो । भूकम्प उक्त स्थानको १० किमि मुनि गएको हो । भूकम्पको कारण घर,सडक तथा पूर्वाधारहरू भत्केको जानकारी अमेरिकन रेडक्रसका महिला प्रवक्ता क्याटी वाइक्सले बताइन ।

प्रतिक्रिया