हेटीमा ७.२ परिमाणको भूकम्प ,कम्तिमा २०० जनाको मृत्यु

१५ सय भन्दा ज्यादा मानिस घाइते २०७८ साउन ३० गते २१:१६ मा प्रकाशित

हेटीमा ७.२ परिमाणको भूकम्पमा परि कम्तिमा २२७ जनाको मृत्यु भएको छ । अगस्त १४ शनिबारका दिन बिहान भुकम्प आएको जानकारी हेटिको नागरिक सुरक्षा सेवाले जनाएको छ । १५ सय भन्दा ज्यादा मानिस घाइते भएका छन् ।

हेटीका प्रधानमन्त्री एरिएल हेनरीले भूकम्प आए पछि आपतकालीन अवस्थाको घोषणा गरेका छन् । उनले एक महिना सम्म उक्त आपतकालीन घोषणा रहने जनाएका छन् ।

अमेरिकी भुगर्व सर्वेक्षणले उच्च ठूलो दुर्घटना हुन सक्ने बताएको थियो । हेटीको दक्षिण शहरको अस्पतालमा घाइते बिरामीहरूको घुइचो अत्यधिक बढेको छ । सेन्ट एन्टोनी अस्पतालका अनुसार अत्यधिक घाइतेहरू  आई रहेको समाचार सिएनएनले लेखेको छ ।

उक्त अस्पतालले हामीसँग पर्याप्त आपूर्ति नभएको समेत बताएका छन् ।

अमेरिकी भूगर्व सर्वेक्षणका अनुसार उक्त भूकम्प सेन्ट लुइस दु सुद भन्ने स्थानबाट उत्तर पूर्वमा भूकम्प गएको हो । भूकम्प  उक्त स्थानको १० किमि मुनि गएको हो । भूकम्पको कारण घर,सडक तथा पूर्वाधारहरू भत्केको जानकारी अमेरिकन रेडक्रसका महिला प्रवक्ता क्याटी वाइक्सले बताइन ।

 

प्रतिक्रिया