अध्यावधिक गरिएको : फ्लोरिडा राज्य बिश्वबिद्यालयमा भएको गोलीकाण्डमा २ जनाको ज्यान गयो, ५ घाइते – संदिग्ध पक्राउ

इनेप्लिज २०८२ वैशाख ४ गते २१:०२ मा प्रकाशित

अध्यावधिक गरिएको : अमेरिकाको फ्लोरिडा राज्यको फ्लोरिडा स्टेट युनिभर्सिटी (एफएसयु )टलाहासीमा बिहीवार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु र पाँच जना घाइते भएका छन्। प्रहरीले जनाए अनुसार मृत्यु हुनेहरू विद्यार्थी नभएको बताएका छन् ।

घटनामा संलग्न मुख्य संदिग्ध अहिले अस्पतालमा उपचाररत छन् र उनि प्रहरी हिरासतमा छन्। प्रहरीका अनुसार उनी एफएसयुका वर्तमान विद्यार्थी हुन् र उनलाई गोली हानी नियन्त्रणमा लिइएको थियो। उनको अवस्था गम्भीर नभएको बताइएको छ।

घटना विश्वविद्यालयको बिधार्थी संघ नजिक भएको थियो । परिसर अहिले सुरक्षित गरिएको प्रहरीले जनाएको छ।

टलाहासी मेमोरियल हेल्थकेयरका अनुसार छ जना बिरामी अस्पताल भर्ना भएका छन् । सबैको अवस्था सामान्य रहेको छ।

दोस्रो वर्षकी छात्रा पाउला माल्डोनाडोले भनिन्, “हामीले बाहिर कोही कराएको सुन्यौं, त्यसपछि तुरुन्त सक्रिय खतरा घन्टी बज्यो। हामीले बत्ती निभायौं, ढोका रोक्न डेस्क राख्यौं र अगाडि लुकेर बस्यौं।”

उनले थपिन्, “एक प्रहरी भित्र आए, उनि हमलावर भनेर डरायौं । केहीबेरपछि अर्का प्रहरी आए र माथी हात उठाएर बाहिर जान भने ” । विद्यार्थी डानिएला स्ट्रिटीले भनिन् आवाज सुनेपछि मानिसहरू दौडिएर उनको भवनमा छिरेका थिए।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यो घटनाबारे जानकारी दिइएको छ।

प्रतिक्रिया