अलाबामाको दीक्षान्त समारोहमा राष्ट्रपति ट्रम्पको राजनीतिक प्रहार र उपलब्धिको प्रदर्शन

इनेप्लिज २०८२ वैशाख १९ गते १:४१ मा प्रकाशित

अमेरिकाको अलाबामा विश्वविद्यालयको दीक्षान्त समारोहमा राष्ट्रपति डोनाल्ड ट्रम्पको राजनीतिक प्रहार गर्नुको साथै आफ्नो उपलब्धिको प्रदर्शन गरे ।

ट्रम्पले समारोहमा दिएका भाषण पूर्ण रूपमा राजनीतिक रंगले रङ्गिएको देखिएको सिएनएनले जनाएको छ । उनले आफ्ना उपलब्धिहरू गनाउँदै, आलोचकहरूलाई सिधा प्रहार गरेका छन् । साथै दीक्षित विद्यार्थीहरूलाई भविष्यका लागि “स्वर्णिम युग”को सन्देश समेत दिए ।

“म यो ठाउँलाई माया गर्छु, शायद मैले यहाँ ४५ अंकले जितेकाले होला,” ट्रम्पले सुरुमा भने । यद्यपि २०२४ को निर्वाचनमा उनले झण्डै ३० अंकको अग्रता ल्याएका थिए।

पूर्व अमेरिकी भकुण्डो शिक्षक निक सेबनले ट्रम्पलाई मंचमा बोलाएका थिए, तर दर्शकहरूले ट्रम्पलाई अझ बढी उत्साहपूर्वक स्वागत गरे।

ट्रम्पले भाषणमा संस्कृतिक द्वन्द्व, आप्रवासन, रोजगार वृद्धिदर, ऊर्जा र खाद्यान्न मूल्य घटाउने प्रयास, र सेनामा भर्ती वृद्धि जस्ता विषयहरूमा आफ्नो १०० दिनको उपलब्धि प्रस्तुत गरे। उनले महिलाको खेल सुरक्षाका लागि “सधैं लडिरहने” प्रतिबद्धता जनाउँदा उनलाई कर्तल ध्वनिद्वारा स्वागत गरिएको थियो ।

उनले कोभिड-१९ महामारीको कारणले विद्यार्थीहरूले झेलेको कष्टपूर्ण स्कूली जीवनको पनि स्मरण गरे । “तपाईंहरू अमेरिकाको स्वर्ण युगको पहिलो स्नातक वर्ग हुनुहुन्छ,” उनले भने, र यो समयलाई “अविश्वसनीय सम्भावनाको युग” को रूपमा वर्णन गरे।

ट्रम्पले पूर्व राष्ट्रपति जो बाइडेन र “असफल नेतृत्व वर्ग”लाई बारम्बार निशाना बनाए।

“म तपाईहरूलाई केवल वित्तीय अनुमानमा आफ्नो प्रतिभा प्रयोग नगर्न, बरु तपाईहरूले सिकेका र आर्जन गरेका महान् सीपहरू प्रयोग गरी फलाम गलाउने र सिमेन्ट खन्याउने कामतर्फ लाग्न चुनौती दिन्छु,” उनले भने ।

प्रतिक्रिया